सि.टा. समाचारदाता
सिमकोट । जिल्लाको दक्षिणी क्षेत्रको ताँँजाकोट गाउँँपालिकाको एउटा विद्यालयमा प्राबिधिक धारको पठनपाठन भएसंगै बिधार्थीहरुलाई सहज भएको छ । आफ्नै गाउँमा बसेर चाहाना अनुसार प्राविधिक धारको विषय अध्ययन गर्न पाएपछि आर्थिक तथा अन्य विषयमा पनि सहज भएको हो ।
शिक्षा तथा मानव संशाधन बिभागको अनुमति लिएर ताँजाकोट गाउँपालिकाको जनप्रकाश माध्यामिक विद्यालयमा लागु भएको कृषितर्फको प्राविधिक धारको विषयले चाहाना भएका बिधार्थीहरुलाई सस्तो र सहज रपमा अध्ययन गर्न पाएको सो विद्यालयको कृषिधारमा कक्षा एघारमा अध्ययनरत बिधार्थी जनक बुढाले बताए ।
गाउँको विद्यालय यसअघि प्राविधिकधारको विषय अध्ययन नहुँदा सो गाउँपालिकामा कृषि बढ्ने बिधार्थीहरुको संख्या सुन्ने रहेको थियो । हाल अन्य बिषय अध्ययन गर्ने बिधार्थीहरु जिल्ला बाहिर जाने भएपनि कृषि अध्ययन गर्ने बिधार्थी आफ्नै ठाउँमा पठनपाठनको ब्यवस्थाले आर्थिक रुपमा कमजोर तर पढ्ने चाहाना भएका बिधार्थीहरुलाई सहज भएको छ ।
गाउँपालिकाको सहयोगमा बिधार्थीहरुलाई पठनपाठन पुर्ण रुपमा निशुल्क गरेको गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताए । जिल्ला बाहिर गएर लाखौं खर्च गर्नु भन्दा आफ्नै गाउँठाउमा बसेर घरमा उत्पादन भएको अन्नबाली खाएर अध्ययन गर्ने ब्यवस्थाले बिधार्थीलाई सहज बनाएको छ ।
उनले गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाले विद्यालयबाट कृषिधारमा राम्रो स्थान ल्याउने बिधार्थीहरुलाई अवसर दिने नीति समेत बताए । यसले गर्दा राम्रा बिधार्थीहरुलाई रोजगारीको अवसर पनि प्रदान गरिने भएको छ । यो धार लागु भएपछि विद्यालयले कक्षा नौ र दशमा पनि कृषि विषय अध्ययन गर्ने ब्यवस्था गरेको विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद जैसीले जानकारी दिए ।
कृषिधारमा अध्ययन गर्ने टाढाका बिधार्थीहरुका लाागि आवाासीय ब्यवस्था समेत गरिएको छ । बिधार्थीहरुलाई अभ्यास गर्नका लागि जग्गा भाडामा लिएर फलफुल तथा कृषि बाली लगाउने र अध्ययन गर्ने कार्य समेत भई रहेको छ । उनका अनुसार यो शैक्षिक सत्रमा कक्षा नौमा अध्ययन गर्ने बिधार्थीहरु २७ जना, कक्षा दशमा १८ जना, कक्षा एघारमाा बीस जना र कक्षा बाह्रमा १३ जना रहेका छन् ।
कृषिधार लागु भएपछि पहिलो पटक कक्षा बाह्र उतिर्ण हुने ब्याज निक्लन लागेको छ । उक्त धार अध्ययन गर्ने बिधाार्थीहरु ताँजाकोट गाउँपालिकाका मात्र नभएर छिमेकी गााउँपालिका अदानचुली, र छिमेकी जिल्ला बाजुराको हिमाली गाउँपालिका तथा मुगु जिल्लाको सोरु गाउँपालिकाका बिधार्थीहरु पनि रहनु भएको छ ।
























