हुम्लामा बल्ल पर्यो हिउ

सि.टा समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा शुक्रबार रातिबाट बल्ल वर्षासँगै बाक्लो हिमपात भएको छ । यहाँको हिमाली क्षेत्रका नाम्खा, सिमकोट, खार्पुनाथ, चंखेली गाउँपालिका लगायतका उच्च स्थानमा वर्षासँगै बाक्लो हिमपात भएको हो ।

सुरुमाा वर्षासँगै बाक्लो हिमपात भएपछि अहिले यी स्थानमा चिसो निक्कै बढेको छ । चिसोका कारण वृद्धवृद्धा, बालबालिका र बिरामीहरुलाई समस्या हुने देखिएको छ । शुक्रबार रातिदेखि बाक्लो हिमपात हुँदा स्थनीयको जनजीवन प्रभाावित भएको छ ।

उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ जमेका कारण गाई, गोरु, भेडाबाख्रालाई चरिचराउन गर्न किसानलाई समस्या हुने स्थानीय जानकी रोकायाले बताउनुभयो । तापक्रम माईनसमा झरेको कारण चिसो बढेको छ ।

निर्वाचन प्रहरी छनौट कार्य समेत प्रभावित भएको छ । नाम्खा गाउँपाकिलाका उच्च स्थानमा धेरै हिमपात भएको छ । हवाई सेवा समेत प्रभावित भएको छ । सदरमुकाम सिमकोट भन्दा होचा स्थानको यो पहिलो हिमपात हो । पुस महिना हिमपत विनै वितेको थियो ।