सि.टा. समाचारदाता
सिमकोट । साउन महिना लागेसंगै हुम्लामा हरियो पोते र चुराको माग बढ्दै गएको छ ।
साउनमा महिलाले हरियो चुरा र पोते लगाउने देखासिकी बढ्दै गएपछि बजारमा वस्ने महिलाका साथै ग्रामीण महिलामा पनि चुरा पोते लगाउने चाहाना बढ्दै गएपछि यसको माग बढेको हो ।
साउन महिना लागेपछि हरियो चुरा र पोते लगाउने महिलाहरुको संङ्ख्या बढ्दै गएको सुजल होजियारी स्टोरकी सञ्चालीका सरिता श्रेष्ठले बताईन ।
केही समय अगाडीसम्म पढेलेखेका जागिरे महिलाहरुले यसरी साउन हरियो चुरा र पोते किनेर लगाउने गरेकोमा यसवर्ष भने ग्रामीण महिलाहरु बढी यसप्रति आकर्षित हुँदै गएको उनको भनाई छ । यो एक्कासी आएको परिवर्तन भएको देखिन्छ । शिक्षण पेशामा गर्दे आएकी श्रेष्ठले बिहान र बेलका मात्र आफ्नो स्टोर सञ्चालन गरेर ती सामाग्री बिक्री गर्दै आएकी छन् ।
तर पनि दैनिक दुईदे पाँच हजारको ती सामानहरु बिक्री भई रहेकोबाट पनि अब हिमालमा पनि महिलाहरुको हरियो चुरामा आर्कषण बढेको बुझ्न गाह्रो छैन । सदरमुकाम सिमकोटमा मात्र यस्ता पसलहरु चार वटा रहेका छन् ।
ती पसलहरुमा शहरीया महिला भन्दा ग्रामीण क्षेत्रबाट आएका महिलाहरु बढी चुरा पोते किनी रहेको देखिनु सामान्य जस्तै लाग्ने तारा रोकायाले बताई । यो देखासिकी र समय माग भएको महशुस उनलाई भई रहेको छ । महिलाहरु दुवै हातमा हरिया चुरा र घाँटीमा पोते लगाएर हिडडुल गरेको देखिदा साउन महिना केही फरक भए जस्तो लाग्न थालेको छ ।
अझ उनले बिहान तरकारी बोकेल ल्याउन बिक्री गरेर घर फर्कन अगाडी चुरा पोते किनेर लिएको देख्दा खुसी लाग्ने गरेको भनाई उनको छ । यो समयको परिवर्तन पनि हो । यसले गर्दा साउन महिनाको महत्व ग्रामीण क्षेत्रका महिलामा पनि देखिन थालेको र यो व्यवसाय पनि फस्टाउन थाल्नु पनि सकरात्मक पक्ष हो ।
























