
सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य चौकीले उपचार गर्न नसकिने जनाएर जिल्ला बाहिर रिफर गरिएकी एक जना बिरामी महिला घर पल्टिएर बस्न बाध्य भउकी छन् । घरको आर्थिक अवस्था कमजोर भएको कारण स्वास्थ्यकर्मीले रिफर गरिएको भएपनि उपचार गर्न जान नसकेर पाँचदेखि देखि घर मै ती बिरामीले पल्टिनु परेको हो ।
सर्केगार्ड गाउँपालिका – ७ को रोडिकोटको ठुला गाउँकी मगी जैसीलाई पाँच दिन अगाडी बिरामी भएर स्वास्थ्य चौकीमा उपचार गर्न लगिएकोमा स्वास्थ्य चौकीले उपचार हुन नसक्ने र जिल्ला बाहिर रिफर गरेको भएपनि आर्थिक अभावको कारण लिन नसकिएपछि घर मै पल्टिनु परेको बिरामीकी छोरी जसकला जैसीले बताईन ।
गाउँपालिकालाई जिल्ला अस्पताल वा जिल्ला बाहिर लैजानका लागि एम्वुलेन्सको ब्यवस्था गर्न आग्रह गर्दा कुनै सुनुवाई हुन नसकेको बताउदै उनले गरिवले उपचार नपाएर पिडा सहनु पर्ने बाध्यता रहेको बताएका छन । बिरामी आमाको पिडा झनझन थपिदै गएको बताउदै अहिले आफ्नो परिवारसंग अन्य उपाय समेत रहेको देखिदैन ।
३९ वर्षकी बिरामी आमालाई ग्यास्टिक बिग्रेर पेट दुखी रहने र हिडडुल गर्नै नसकिने भएकोले जिल्ला बाहिर लिएर उपचार गर्दा उपयुक्त हुने सुझाव रोडिकोट स्वास्थ्य चौकाका स्वास्थ्यकर्मीबाट आएको भएपनि घरमा वुवाले आर्थिक ब्यवस्था गर्न नसक्दा बिरामीआमा घरमी पल्टिनु परि रहेको दुखेसो उनको रहेको छ । गाउँमा यताउता उपचारका लागि सापटी समेत माग्दा नपाएपछि अन्य कुनै बिकल्प नहुँदा बिरामी आमाको थप उपचार गर्न सक्ने अबस्था रहेको छैन ।
बिरामीको अवस्था जटिल भएको र थप उपचारका लागि संभव भए जिल्ला बाहिर र नभएर जिल्ला अस्पतालसम्म लैजान सिफारिस गरिएको रोडीकोट स्थास्थ्य चौकीका स्वास्थ्यकर्मीले बताएका छन् । यत्रो दिन भएपनि आर्थिक अभावले परिवारले थप उपचारका लागि लिन नसकेको जानकारी स्वास्थ्य चौकीलाई परिवारले गर्दै आएका छन् ।























