विधार्थीहरुद्धारा बाल भित्ते पत्रिका प्रकाशन

सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यािमक विद्यालयको आकुरा क्लवका बिधार्थीहरुद्धारा बाल भित्ते पत्रिका २०८३ प्रकाशनमा ल्याएका छन् ।

बिधार्थीहरुमा भएका प्रतिभाहरु सार्वजनिक गर्न र विद्यालयमा हुने शैक्षिक गतिबिधिहरु सार्वजनिक गर्न उक्त सदनले बाल भित्ते पत्रिका प्रकाशन गरेको हो ।

आकुरा बालक्लवका बिधार्थीहरुले विद्यालयमा बाल भित्ते पत्रिका प्रकाशन सुरु गरेको सो विद्यालयमा भित्ते पत्रिका प्रकाशनका लागि समन्वय गरि रहेका विद्यालयका शिक्षक छतुप लामाले बताए ।

विद्यालयमा हुने शैक्षिक गतिबिधिहरु, बिधार्थीहरुहरुमा भएको चित्रक कला अन्य प्रतिभाहरु सो पत्रिकामा समेटिएका छन । त्यसैगरि आकुरा बालक्लव बाहेक विद्यालयका अन्य बिधार्थीहरुले तयार पार्ने रचनाहरलाई पनि सो पत्रिकामा समेडिएका छन् ।

यसअघि भित्ते पत्रिका प्रकाशन सम्वन्धि तालिम लिएका बिधार्थीहरु मिलेर यो कार्य गरेको र यसलाई निरन्तरता दिन आवश्यक देखिएको शिक्षक लामाले बताए । सो पत्रिका शुक्रबार विद्यालयको भित्तमा टाँसेर सार्वजनिक गरिएको हो । यसले बिधार्थीहरुमा लेखनको बिकास हुने बिस्वास पनि गरिएको छ ।