यी हुन प्रतिनिधिसभा सदस्य पदको लागि काँँग्रेसबाट प्रत्यासी रहेका रोकाया

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते सम्पन्न हुन गई रहेको प्रतिनिधि सभा सदस्य पदका लागि हुम्ला जिल्लाबाट नेपाली काँँग्रेसबाट प्रत्यासी भएका जयपति रोकाया पार्टी र भातृ संस्थामा जहिल्यै पनि पदमा रहेको नाम हो । लाभको पद नभए पनि रोकायाले नेपाली काँग्रेस र उसको भातृ संस्थामा पनि हालसम्म पद मै रहदै आएका छन ।

उनी २०३५ साल कात्तिक ४ गते हालको सिमकोट गाउँपालिका–५ (साविक सिमकोट गाविस –४) का स्थायी बासिन्दा हुन । माध्यामिक शिक्षा हुम्ला कै माानसरोवर माविबाट हाँसिल गरेका रोकायाले उच्च शिक्षा भने काठमााडौंको शंकरदेव क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह प्राप्त गरेका थिए । २०४९ सालमा नेपाल बिधार्थी संघ हुम्लाको अध्यक्ष भएदेखि तीन कार्यकाल उक्त पदमा रहेका थिए ।

त्यसपछि पनि करिब तीन कार्यकाल नेपाली काँग्रेस कै भातृ संस्था नेपाल तरुण दल हुम्लाको अध्यक्ष रहेर पनि काम गरि सकेको अनुभव उनीसंग छ । त्यसपछि नेपाली काँँग्रेसको बाह्रौ महाधिबेशनबाट नेपाली काँग्रेस हुम्लाको पार्टी सभापतिमा सर्वसम्मत चयन भएका थिए । काँँग्रेस तेह्रौ महाधिबेशनबाट पनि पून पार्टी सभापतिमा चयन हुन उनी सफल भएका थिए ।

२०७४ सालको संघीय संसदको समानुपातिकतर्फ जिल्लाबाट सिफारिस भएका थिए भने २०७९ सालको निर्वाचनमा पनि रोकायालाई हुम्ला काँग्रेसले समुपातिक सदस्य मै सिफारिस गरेको भएपनि उनी सदस्य हुन सफल भएका थिएनन् । काँँँग्रेस हुम्लाको सभापति पछि उनी नेपाली काँँँग्रेसका महासमिति सदस्यमा बारम्बार रहदै आएका छन ।

हाल नेपाली काग्रेस कर्णाली प्रदेशको सदस्य समेत रहेका छन । यस पटक काँग्रेस हुम्लाले गरेको सिफारिसलाई सदर गर्दै नेपाली काँँग्रेस केन्द्रले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य पदका लागि टिकट दिएपछि उनी चुनावी मैदानमा ओर्लिएका छन ।

राजनीतिक रुपमा हालसम्म कुनै लाभको पदमा नवसेका रोकायाले यस पटक निर्वाचनका लागि प्रवल दावेदारका रुपमा हेरिएको छ । उनलाई काँग्रेस नेता तथा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको बलियो साथ छ ।

उनको उम्मेदवारीलाई सर्मथन जनाउदै हुम्ला काँग्रेसका नेता एक ठाउँम उभिएका छन । काँग्रेसका नेताहरुले फागुन २१ गतेको निर्वाचनका लागि जिल्लामा चाँडै पुगेर काँग्रेस उम्मेदवारको पक्षमा चुनावी प्रचारका लागि लाग्ने पनि जनाई सकेका छन ।