तीथि मिलाएर एमाले हुम्लाले बुधबारबाट चुनावी प्रचार सुरु गर्दै

फोटो क्याप्सन एमालेका उम्मेदवार दलबहादुर फडेरा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । नेकपा एमाले हुम्लाले तीथि मिलाएर आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका् प्रचार प्रसार सुरु गर्ने भएको छ । अनौपचारिक भेटघाट र प्रचार सुरु गरेको भएपनि एमालेले बुधबारबाट औपचारिक चुनावी प्रचार प्रसार अभियान सुरु गर्ने हो ।

बिशेष परिस्थिती र राष्ट्रिय अभियानका रुपमा लिईएको प्रतिनिधि सभा निर्वाचनका प्रचार प्रसारका लागि तीथि मिलाएर प्रचार अभियान सुरु गर्न लागिएको एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीले बताए । छ गते उम्मेदवारी दर्ता गरिएको भएपति त्यसको केही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा केही काम बाँँकी रहेकोले सुरु नगरिएको भएपनि माघ ११ गते आईतबार र आज १२ गते परेको कारण अब माघ १४ गते बुधबारबाट चुनावी प्रचार सुरु गरिने उनले बताए । उनले चुनावको प्रचार अभियान सिमकोट गाउँपालिका–५ को खाद्यक गाउँको चौपडीबाट सुरु एमालेले गर्न लागेको छ ।

एमाले केन्द्रीय सदस्य छक्कबहुर लामा बाहेक अन्य सवै जिल्ला र केन्द्रीय स्तरका नेता जिल्लामा पुगि सकेका छन् । यो निर्वाचनका लागि एमाले पनि मुख्य प्रतिश्प्रधी दलका रुपमै हेरिएको छ । चुनावी प्रचार अभियानको एमाले केन्द्रीय सदस्य गोरखबहादुर वोगटी, केन्द्रीय सदस्य एंव हुम्ला जिल्ला अध्यक्ष दलबहादुर रावलको नेतृत्व गर्ने छन् ।