सि.टा समाचारदाता
सिमकोट । निर्वाचन हुन ३८ दिन बाँकी रहँदा नेपाली काँग्रेस हुम्लाको तर्फबाट उम्मेदवार भएका जयपति रोकायाले अनौपचारिक चुनावी प्रचार अभियानबाट आफु उत्साहित भएको जनाएका छन । गत माघ १० गते सिमकोट गाउँपालिका–५ को खाद्यक ( तल्लो) गाउँबाट अनौपचारिक रुपमा उनले चुनावी प्रचार प्रसार अभियान सुरुवात गरेका थिए । सो गाउँ उनलको जन्म थलो पनि हो ।
उक्त दिन आफु जन्मेको जन्म थलोमा काँग्रेसको नाताले पून एक पटक पछि आउने र यतिखेर भने स्थानीय उम्मेदवार भएकोले स्थानीयसंग आफ्नै खाले कुरा राख्न उनले भेटघाट गरेका थिए । जन्मभूमिमा स्थानीयको उपस्थितले निक्कै उत्साहित बनेका रोकायाले सवैको माया आफुले पाउने बताए । स्थानीयले पनि पहिलो पटक नेपाली काँँग्रेसले यो स्तरमा रोकायालाई पत्याएकोमा खुसी ब्यक्त गरेका थिए ।
यसलाई पार्टी भन्दा पनि गाउँवासीका रुपमा उपस्थितले सकरात्मक लिएको बताएका थिए । स्थानीयले रोकायाले निर्वाचनमा मतदानका लागि अनुरोध गर्दा सहयोगको बाचा गरेका थिए । त्यसैगरि रोकायाले वडा नम्बर ६ का पाउवाडा ( माथिल्लो गाउँ) का स्थानीयसंग पनि अनौपचारिक चुनावी प्रचार सुरु गरि सकेका छन ।
काँग्रेसले चाँँडै चुनावी प्रचार अभियान सुरु गर्ने जनाएको छ । काँग्रेसको चुनावी प्रचारका लागि नेपाली काँग्रेसका नेता एवं कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवन बहादु शाही पनि चाँँडै जिल्लामा आएर प्रचार अभियानमा लाग्ने भएका छन । उनी सात वटै गाउँ पालिकामा पुगेर प्रचार अभियानमा सहभागिता जनाउने तयारी नेपाली काँग्रेस हुम्लाले गरेको छ ।
























