सि.टा. समाचारदाता
हुम्ला । हिमाली जिल्ला हुम्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमाले हुम्लाबाट एउटै गाउँपलिकाबाट प्रत्यक्ष र समानुपातिक उम्मेदवार खडा भएका छन् ।
उक्त पार्टीको दुवै निर्वाचन प्रर्णालीतर्फ जिल्ला कमिटीले गरेको सिफारिसलाई केन्द्रले पनि अनुमाोदन गरेर उम्मेदवार छनौट गर्दा एउटै गाउँपालिकाबाट दुई जना उम्मेदवार भएका हुन ।
एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमीले यस पटकको प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा लागि संजोकले एउटै गाउँपाालिकाका दुई जना उम्मेदवार चुवानी मैदानमा खडा भएको बताए ।
यसरी एउटै वडाका दुवै निर्वाचन प्रर्णालीका उम्मेदवार हुन सफल हुनेमा समानुपातिकतर्फ एमाले केन्द्रीय सदस्य अदानचुली गाउँपालिका–२ का स्थायी बासिन्न्दा गोरखबहादुर बोगटी र प्रत्यक्षतर्फ अर्का केन्द्रीय सदस्य सोही गाउँँपालिका – ३ का दलबहादुर फडेरा रहेका छन् ।
नेता बोगटीलाई एमाले हुम्लाले समानुपातिक तर्फको उम्मेदवारका लागि सिफारिस गरे अनुसार केन्द्रले पिडिएको क्षेत्रका लागि बन्द सुचीमा नाम समावेश गरेको छ । त्यसैगरि केन्द्रीय सदस्य फडेरा सहित तीन जनाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेकोमा एमाले केन्द्रले उनलाई उम्मेवार खडा गरेको हो । हाल दुवै जना जिल्लामा मतदाता भेटघाट कार्यक्रममा सरिक हुदै आएका छन् । हुम्ला जिल्ला एक निर्वाचन क्षेत्र भएको जिल्ला हो ।
























