हुम्लामा पहिलो अभ्यास काँग्रेस उम्मेदवार रोकायाद्धारा उम्मेदवारबिच सदभाव बैठक

फोटो क्याप्सन उम्मेदवारबिचको भएको सद्धभाव बैठकका सहभागीहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका उम्मेदवारबिच सद्धभाव बैठक आयोजना गरिएको छ । उक्त निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाको आयोजनामा निर्वाचनमा उम्मेदवारी दिनु भएको सात मध्य पाँच जना उम्मेदवारबिच सद्धभाव बैठक बसेको हो ।

देशमा बिषम परिस्थितीमा निर्वाचन हुन गई रहेको कारण यो निर्वाचारलाई जिल्लाका सवै राजनीतिक दलहरुले सहज र स्वस्थ प्रतिश्प्रर्धा गर्ने हिसावले चुनावी मैदानमा उम्मेदवार र दलहरु उत्रिउन भनेर सद्धभाव बैठक आयाोजना गरिएको नेपाली काँँँग्रेसका उम्मेदवार जयपति रोकायाले बताए । उनले मुख्यगरि सदभाव बैठक राख्नुको उद्धेश्य स्वस्थ प्रतिश्प्रर्धा, सकरात्मक चुनावी गतिविधि, निर्वाचन खर्चिलो, भड्किलो भन्दा गर्विलो, साझा सवाल र समस्याहरुलाई साझा किसिमले समाधानको उपाय निकाल्न, बिचार र पार्टीको रुपमा फरक फरक उम्मेदवारी दिएको भएपनि जिल्लाको बिकासका लागि एउटै टिम बनाउन, असल राजनीति संस्कारको बिकास गर्न, निर्वाचनमा आरोप र प्रत्यारोप भन्दा आआफ्नो ऐजेण्डा र भिजन स्पष्ट राख्न, घोषणपत्र र प्रतिबद्धता पत्र सार्वजनिक गर्न, बाद, बिबादलाई सम्वादबाट निकास निकाल्ने कर्यको थालनी गर्न रहेको बताए ।

निर्वाचनमा उम्मेदवार जानुको एउटै उद्धेश्य सामाजिक सेवा रहेको र यस्तो पबित्र कार्यका लागि चलखेल र द्धन्द्धबाट नभई मतदाताको मन जितेर निर्वाचित हुने माओल निर्माणका लागि दलहरु लागुन भन्ने उद्धेश्यले पनि यो बैठक आयोजना गरिएको हो उक्त सद्धभाव बैठकमा चुनाावी मैदानमा रहनु भएका काँग्रेस उम्मेदवार रोकाया सहित सातै जनालाई आमन्त्रण गरिएको भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टासी लाङ्जोम जिल्ला बाहिर रहेको र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार छक्क बुढा आफ्नो गाउँपालिकामा रहनु भएको कारण पाँच जना उम्मेदवारको सहभागिता रहेको थियो ।

जसमा एमाले उम्मेदवार दलबहादुर फडेरा, नेपाली कम्युनिष्ट पार्टीका डाक्टर दिपेन्द्र रोकाया, नेकपा माओवादीका कुम्म बुढा र प्रगतिशिल लोकतान्त्रिक पार्टी जटिल कार्कीको सहभागिता रहेको थियो । उक्त सद्धभाव बैठकमा सहभागी नेकपा एमाले उम्मेदवार दलबहाादुर फडेराले निर्वाचनमा होमिएको समय यसरी उम्मेदवारबिच सद्धभाव बैठक आयोजना गर्ने काँग्रेस उम्मेदवार जयपति रोकायालाई धन्यवाद दिदै यो निर्वाचन स्वस्थ रुपमा प्रतिश्प्रर्धा गर्ने बाताबरण तयार गर्न आफु पनि लाग्ने बताउनुभयो ।

अरु बेलाको जस्तो यो आवधिक निर्वाचन नभएको कारण यसलाई सहअस्तित्व स्वीकार गर्ने, भाईचार सम्वन्ध काय गर्ने किसिमले प्रतिश्प्रर्धामा उत्रनु पर्ने उहाँले बताउनुभयो । बैठकमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर रोकायाले नेपाल मै नयाँ कामको थालनी हुम्लामाा भएकोले यसलाई सवै उम्मेदवारले मनन् गरेर चुवानी मैदानमा जानु पर्ने बताउनुभयो । बैठकमा काग्रेस उपसभापतिद्धय कैलाश भण्डारी र बसन्त रोकाया तथा काँग्रेस हुम्लाका समानुपातिक उम्मेदवार तारा बहादुर लामाको सहभागिता रहेको थियो ।