सि.टा. समचारदाता
सिमकोट । नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ लगायतका नारासहित प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
प्रतिबद्धता–पत्रमा हुम्लाको भौगोलिक विकटता र विकासमा पछाडी परेको अवस्थालाई ध्यानमा राखिएको उल्लेख छ । पत्रकार भेटघााट कार्यक्रम अयोजना गरेर सडक, सिचाई, कृषि, पूर्वाधार, यातायात, बिजुली, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य रहेको नेकपा एमाले हुम्लाका निर्वाचन संयोजक तथा केन्द्रिय सदस्य दल रावलले जानकारी दिए ।
एमालेले कर्णाली करिडोर उत्तरदक्षिण लोकमार्ग हिल्सा सुर्खेत सडक खण्डको स्तरोन्नती गदैँ मित्र राष्ट चीन भारत जोडने अन्तराष्टिय टु लेन फाष्टटयाकको रुपमा विकासमा पहल गर्न योजना अघि सारेको छ । अन्तर जिल्ला सडकका रुपमा रहेका सल्लीसल्ला मुगु रारा सडकको स्तरोन्नती गदैँ रणनीति पर्यटन सडक नीतिगत कदम चाल्ने घोषण पत्रमा उल्लेख छ ।
जिल्ला भित्रका सबै पालिका केन्द्र जोडने सडकको गुणस्तर वृद्धि गर्न पहल गदैँ कवाडी खगाल गाउँ जोडने सियालीपाखा सडक लिमि लाप्चा जोडने सडक, चुवाखोला सडक पिप्लाङ टाँके सडक सडकलाई रणनीतिक सडकको रुपमा विकास गरिने नेकपा एमाले निर्वाचन प्रचार कमिटिका संयोजक रावलले प्रतिवद्धता पत्र घोषणा गर्नु भएको छ ।
जिल्ला भित्र पाइने जडीबुटी फलफुल तथा जैविक विविधताको संरक्षण प्रशोधन सम्र्वदन र बजारीकरण लागि नीतिगत व्यवस्था सहित पहल गरिने संयोजक तथा केन्द्रिय सदस्य रावलको भनाई छ । विद्युतिकरण सहित उज्यालो हुम्ला यथासक्य राष्टिय प्रसारण लाइनमा जोडी जिल्लाका सबै बस्तीहरुमा विद्युतिकरण व्यवस्थ गर्न चुनावी एजेन्डा छ ।
शिक्षा क्षेत्रमा गुणस्तरीय विद्यालय र प्राविधिक शिक्षाको पहुँच बढाइने, युवालाई सीपमूलक तालिम दिएर रोजगारी सिर्जना गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा आधारभूतदेखि विशेषज्ञ सेवासम्म जिल्लामै उपलब्ध गराउने र स्वास्थ्य संस्थालाई बलियो बनाउने योजना समेटिएको छ ।
कृषि, पशुपालन, जडीबुटी र पर्यटनको विकासमार्फत स्थानीय आम्दानी बढाइने र आर्थिक गतिविधि विस्तार गरिने एमालेको भनाइ छ ।
साथै सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीमार्फत हुम्लालाई समृद्ध बनाउने प्रतिबद्धता पार्टीले जनाएको छ ।
प्रतिबद्धता–पत्रमा उल्लेखित कार्यक्रम कार्यान्वयनका लागि जनताको साथ आवश्यक रहेको भन्दै सूर्य चिन्हमा मतदान गर्न एमाले हुम्लाले मतदातासँग अपिल गरेको छ ।
नेकपा एमाले हुम्लाले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि विकास, सुशासन र समृद्धिलाई मुख्य एजेन्डा बनाएर प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ । ‘आगामी पाँच वर्ष, एमाले हुम्लाले गर्छ’ लगायतका नारासहित प्रतिबद्धता–पत्र सार्वजनिक गरेको छ ।
प्रतिबद्धता–पत्रमा हुम्लाको भौगोलिक विकटता र विकासमा पछाडी परेको अवस्थालाई ध्यानमा राखिएको उल्लेख छ । सडक, सिचाई, कृषि, पूर्वाधार, यातायात, बिजुली, शिक्षा, स्वास्थ्य, रोजगारी, सञ्चार र पर्यटन क्षेत्रको विकास मार्फत नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य रहेको नेकपा एमाले हुम्लाका निर्वाचन संयोजक तथा केन्द्रिय सदस्य दल रावलले जानकारी दिनुभयो ।
एमालेले कर्णाली करिडोर उत्तरदक्षिण लोकमार्ग हिल्सा सुर्खेत सडक खण्डको स्तरोन्नती गदैँ मित्र राष्ट चीन भारत जोडने अन्तराष्टिय टु लेन फाष्टटयाकको रुपमा विकासमा पहल गर्न योजना अघि सारेको छ । अन्तर जिल्ला सडकका रुपमा रहेका सल्लीसल्ला मुगु रारा सडकको स्तरोन्नती गदैँ रणनीति पर्यटन सडक नीतिगत कदम चाल्ने घोषण पत्रमा उल्लेख छ ।
जिल्ला भित्रका सबै पालिका केन्द्र जोडने सडकको गुणस्तर वृद्धि गर्न पहल गदैँ कवाडी खगाल गाउँ जोडने सियालीपाखा सडक लिमि लाप्चा जोडने सडक, चुवाखोला सडक पिप्लाङ टाँके सडक सडकलाई रणनीतिक सडकको रुपमा विकास गरिने नेकपा एमाले निर्वाचन प्रचार कमिटिका संयोजक रावलले प्रतिवद्धता पत्र घोषणा गर्नु भएको छ ।
जिल्ला भित्र पाइने जडीबुटी फलफुल तथा जैविक विविधताको संरक्षण प्रशोधन सम्र्वदन र बजारीकरण लागि नीतिगत व्यवस्था सहित पहल गरिने संयोजक तथा केन्द्रिय सदस्य रावलको भनाई छ । विद्युतिकरण सहित उज्यालो हुम्ला यथासक्य राष्टिय प्रसारण लाइनमा जोडी जिल्लाका सबै बस्तीहरुमा विद्युतिकरण व्यवस्थ गर्न चुनावी एजेन्डा छ ।
शिक्षा क्षेत्रमा गुणस्तरीय विद्यालय र प्राविधिक शिक्षाको पहुँच बढाइने, युवालाई सीपमूलक तालिम दिएर रोजगारी सिर्जना गरिने उल्लेख छ । स्वास्थ्य क्षेत्रमा आधारभूतदेखि विशेषज्ञ सेवासम्म जिल्लामै उपलब्ध गराउने र स्वास्थ्य संस्थालाई बलियो बनाउने योजना समेटिएको छ ।
कृषि, पशुपालन, जडीबुटी र पर्यटनको विकासमार्फत स्थानीय आम्दानी बढाइने र आर्थिक गतिविधि विस्तार गरिने एमालेको भनाइ छ ।साथै सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन प्रणालीमार्फत हुम्लालाई समृद्ध बनाउने प्रतिबद्धता पार्टीले जनाएको छ ।