
सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वचनमा नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायाले मतदाता समक्ष चौध बुँँदे साझा प्रतिबद्धता सार्वजनिक गर्नु भएको छ । शनिबार बिहान पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर डाक्टर रोकायाले ती प्रतिबद्धता सार्वजनिक गरेका हुन ।
निर्वाचनमा मतदातालाई आर्कषित गर्न नेकपाका उम्मेदवार डाक्टर रोकायाले चौध बुँदामा आफ्ना प्रतिबद्धता गरेका छन । आधा दर्जन बढी केन्द्रीय सदस्यको उपस्थितीमा उनले जिल्लाका पत्रकारबिच ती प्रतिबद्धता सर्वजनिक गरेका थिए । उनले निर्वाचनमा मतदाता समक्ष जनाएका प्रतिबद्धताहरुमा संविधान संशोधन सहित शासकीय स्वरुप र निर्वाचन प्रर्णालीमा सुधार गर्न पहल गर्ने, संविधानको सवलीकरण गर्दै संघ, प्रदेश र स्थानीय तहको समन्वयलाई प्रभावकारी गराउने, कर्णली करिडोरको स्तरोन्नती, बिधुत बिस्तार र अप्टिकल फाईबार बिस्तार मार्फत हुम्लालाई बिकासको मलधारमा जोड्ने, हिमाली क्षेत्र बिकास प्राधिकरण गठनका लागि पहल गर्ने, प्रर्वतीय बिज्ञान तथा प्रविधि बिश्व विद्यालय स्थापनाका लागि पहल गर्ने, शिक्षा , स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सवैको पहुँच सुनिश्चित गर्ने, हुम्लाका सडक, पुल, विधुत र सञ्चार सञ्जालको तिब्र बिस्तार गर्ने रहेका छन् ।
त्यसैगरि जलविधुत, शौर्य उर्जा र बैकल्पिक उर्जाबाट आत्म निर्भर हुम्ला बनाउने, कृषि, सिचाई, फलफुल, जडिबुटी र पशुपालनबाट स्थानीय अर्थतत्र सुदृढ गर्ने, सदरमुकाम सिमकोटलाई आर्थिक केन्द्र र प्रर्वतीय शहरका रुपमा बिकास गर्न फहल गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रका पुर्वाधारको सुदृढ गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने बाताबरणमाा सघाउ पुर्याउने, पर्यटन सस्कृति, पुरातत्व र धार्मिक स्थलको संरक्षण र ब्राण्डिङका लागि पहल गर्ने, खेलकुद, युवा उद्यम र नीजि क्षेत्रको लगानी मैत्री बाताबरण निर्माणका लागि पहल गर्ने र सुरक्षित बस्ती बिकास, सरसफाई र आधारभूत सेवा प्राप्तीका लगि बिशेष पहल गर्ने रहेका छन । आफु निर्वाचित भएर यी प्रतिबद्धता पुरा गर्न आफ्नो ध्यान केन्द्रीत हुने रोकायाले बताएका थिए ।























