
सि.टा. समाचारदाता
हुम्ला । शनिबार एमाले उम्मेदवार दलबहादुर फडेराको निर्वाचनका लागि प्रचार प्रसार टोलीले नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाको घरमा पुगेर बृद्ध आमावुवालाई भोट माग्दै आश्रीवाद लिएका छन् । निर्वाचनमा पानी बारबारको अवस्था हुने हुम्लामा यस पटक चुवानी प्रचाार प्रसार कार्य निक्कै परिवर्तन भएको देखिएको हो ।
शुक्रबार मात्र काँँग्रेस उम्मेदवार रोकायाको आयोजनामा फागुन २१ गतेको निर्वाचनका लागि चुनावी मैदानमा होमिएका उम्मेदवारबिच सद्धभाव बैठक आयोजना भएको एक दिनपछि एमाले उम्मेदवार फडेरा सहितको टोली काँग्रेसका उम्मेदवार रोकायाको घर मै पुगेर मत माग्नुका साथै उनका बृद्ध आमावुवासंग जीतको आश्रीवाद समेत लिने कार्य भएको छ ।
एमाले प्रत्यक्षतर्फका उम्मेदवार फडेरा, समानुपातिक उम्मेदवार गोरखबहादुर वोगटी, एमाले हुम्लाको निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर रावलको टिम नै निर्वाचन लक्षित सिमकोट गाउँपलिका–५ लक्षित घरदैलो कार्यक्रम अन्र्तगत काँग्रेस उम्मेदवार रोकायाको घरमा पुगेको थियो । एमाले टोलीले मत माग्नुका साथै बिजयीको लागि बृद्ध आमाबुवासंग आश्रीवाद समेत माग्ने कार्य भएको थियो ।
एमाल चुनाव प्रचार टोलीलाई काँग्रेस उम्मेदवार रोकायाको घरमा खादा तथा अविर लगाएर स्वागत गरिएको थियो । केही समय भलकुसली समेत भएको थियो । काँँग्रेस उम्मेदवार रोकाया भने आफ्नै वडामा काँग्रेस नेता तथा कार्यकतांसंग चुनावी घरदैलो कार्यक्रममा ब्यस्थ देखिन्थे ।























