सि.टा. समाचारदाता
सिमकोट । २०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसले सिमकोट गाउँपालिकाको अध्यक्ष पदमा टिकट दिदा फागुन २१ गतेको निर्वाचनको प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार जयपति रोकायाले सो पदमा लड्न मानेका थिएन । करिब अग्रीम रुपमा उक्त पद जितका लागि सुनिश्चित हुँदा हुँदै पनि रोकायाले देशको नीति नियम निर्माण गर्ने थलमा जान कै लागि सो पदमा लड्न उनले नमानेका हुन ।
२०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबिच देशभर चुनावी गठबन्धन रहेको अवस्थामा नेपाली काँग्रेसले रोकायालाई सिमकोट गाउँँपालिकाको अध्यक्ष पदमा टिकट दिने तयारी गरेको थियो । त्यसमा चुनावी समिकरण गरेका दलहरु नेपाली काँँग्रेस र नेकपा माओवादी केन्द्रबिच २०७४ सालको स्थानीय तहमा जुन दलले जितेको स्थानीय तह थियो र अध्यक्ष पद उक्त दललाई दिने र उपाध्यक्ष गठबन्धनको दललाई दिने सहमति समेत भई सकेको थियो ।
२०७४ सालको निर्वाचनमा सिमकोट गाउँँपालिका नेपाली काँग्रेसले जितेको गाउँँँपालिका हो । दुवै प्रमुख प्रतिश्प्रधी दलहरुबिच चुनावी समिकरण भएको कारण जित सुनिश्चित थियो । काँँग्रेस नेतृत्वको आग्रहलाई पनि नमानेका रोकायाले सिमकोट गाउँपालिकाको अध्यक्ष पदमा टिकट लिन मानेनन् । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा काँँग्रेस हुम्लाले उनलाई समानुपातिकतर्फ सिफारिस गरे अनुसार केन्द्रले पनि अन्तिम बन्द सुचीमा नाम समावेश गरेको थियो ।
पछि उनी समानुपातिक सासद भने हुन सकेनन् । उतिबेला देशको नीति नियम बनाउने थलोमा जान कै लागि आफुले गाउँँपालिका अध्यक्ष पदमा नलडेको उनले भन्ने गरेका थिए । जुन कुरा अहिले प्रतिनिधि सभा सदस्य पदको नेपाली काँगे्रसवाट प्रत्यासी हुँदा पनि भन्ने गरेका छन । त्यसपछि सिमकोट गाउँपालिकाको अध्यक्ष पद तत्कालीन नेकपा माओवादी केन्द्रलाई दिने सहमति गठबन्धनविच भएको थियो । त्यसै अनुसार तत्कालीन माओवादीका बिजय भण्डारी हाल सिमकोट गाउँपालिकाको अध्यक्ष पदमा छन ।
अर्को कुरा आगामी फागुन २१ गते सम्पन्न हुन गई रहेको प्रतिनिधि सभा सदस्य पदका लागि हुम्ला जिल्लाबाट नेपाली काँँग्रेसबाट प्रत्यासी भएका रोकाया पार्टी र भातृ संस्थामा जहिल्यै पनि पदमा रहेको नाम हो । लाभको पद नभए पनि रोकायाले नेपाली काँग्रेस र उसको भातृ संस्थामा पनि हालसम्म पद मै रहदै आएका छन ।
उनी २०३५ साल कात्तिक ४ गते हालको सिमकोट गाउँपालिका–५ (साविक सिमकोट गाविस –४) का स्थायी बासिन्दा हुन । माध्यामिक शिक्षा हुम्ला कै माानसरोवर माविबाट हाँसिल गरेका रोकायाले उच्च शिक्षा भने काठमााडौंको शंकरदेव क्याम्पसबाट प्रविणता प्रमाणपत्र तह प्राप्त गरेका छन । २०४९ सालमा नेपाल बिधार्थी संघ हुम्लाको अध्यक्ष भएदेखि तीन कार्यकाल उक्त पदमा रहेका थिए ।
त्यसपछि पनि करिब तीन कार्यकाल नेपाली काँग्रेस कै भातृ संस्था नेपाल तरुण दल हुम्लाको अध्यक्ष रहेर पनि काम गरि सकेको अनुभव उनीसंग छ । त्यसपछि नेपाली काँँग्रेसको बाह्रौ महाधिबेशनबाट नेपाली काँग्रेस हुम्लाको पार्टी सभापतिमा सर्वसम्मत चयन भएका थिए । काँँग्रेस तेह्रौ महाधिबेशनबाट पनि पून पार्टी सभापतिमा चयन हुन उनी सफल भएका थिए ।
२०७४ सालको संघीय संसदको समानुपातिकतर्फ जिल्लाबाट सिफारिस भएका थिए भने २०७९ सालको निर्वाचनमा पनि रोकायालाई हुम्ला काँग्रेसले समुपातिक सदस्य मै सिफारिस गरेको भएपनि उनी सदस्य हुन सफल भएका थिएनन् ।
काँँँग्रेस हुम्लाको सभापति पछि उनी नेपाली काँँग्रेसका महासमिति सदस्यमा बारम्बार रहदै आएका छन । हाल नेपाली काग्रेस कर्णाली प्रदेशको सदस्य समेत रहेका छन । यस पटक काँग्रेस हुम्लाले गरेको सिफारिसलाई सदर गर्दै नेपाली काँँग्रेस केन्द्रले फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य पदका लागि टिकट दिएपछि उनी चुनावी मैदानमा छन ।
राजनीतिक रुपमा हालसम्म कुनै लाभको पदमा नवसेका रोकायाले यस पटक निर्वाचनका लागि प्रवल दावेदारका रुपमा हेरिएको छ । उनलाई काँग्रेस नेता तथा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीको बलियो साथ छ । उनको उम्मेदवारीलाई सर्मथन जनाउदै हुम्ला काँग्रेसका नेता एक ठाउँमा उभिएका छन । निर्वाचनको परिणाम काँग्रेसको पक्षमा पार्न काठमाडौं, सुर्खेत र नेपालगंजमा समेत काँग्रेसले मतदाता र कार्यकर्ता भेटघाट समेत राखि सकेको छ ।
























