एक्ली महिला उम्मेदवार ल्हान्जोम चुनावी मैदानमा

फोटो क्याप्सन एक्ली महिला उम्मेदवार लाम्जोङ । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरुबाट एक जना महिला टासी ल्हान्जोम पनि भिड्दै छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उक्त निर्वाचनका लागि प्रत्यक्षतर्फ टिकट दिएपछि चुनावी मैदानमा ल्हान्जोम खडा भएकी हुन ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात जना जम्मा उम्मेदवारहरु रहेकोमा एक जना मात्र महिला उम्मेदवार ल्हान्जोम रहेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बताए । ल्हान्जोमलाई सुरुमा रास्वपाले समानुपातिक बन्द सुचिमा नाम समावेश गरेको थियो ।

सो पार्टीले पछि भुराजनीतिको कारण देखाउदै उक्त सुचीबाट उनको नाम हटाएको थियो । समानुपातिक बन्द सुचिबाट ल्हान्जोम नाम हटाएको जानकारी पाएपछि रास्वपा हुम्ला र लिमीका स्थानीय पार्टी कार्यालयमा डेलिगेशन जाँदा उनले प्रत्यक्षमा टिकट पाएकी हुन ।

२६ वर्षकी ल्हान्जोम नवयुवाको भावना सम्बोधन गर्न आफ्नो उम्मेदवारी रहेको बताउछिन । केही गर्ने हुटहुटी भएको कारण सानै उमेर राजनीतिकमा होमिएको भनाई उनले छ । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँको हल्जी बस्तीकी स्थायी बासिन्दा ल्हान्जोमलाई एक पटक नयाँलाई हुम्लावासीले अवसर दिने बिस्वास रहेको छ ।

चुनावी प्रचारका लागि उहाँँ काठमाडौंबाट नेपालगंज भएर हवाई जहाजमा बाजुराको उत्रिएर ताँजाकोट गाउँँपलिकाबाट सुरु गर्ने गरि त्यसतर्फ लागेकी छन । उनीसंग चुनावी मैदानमा अन्य सबै पुरुष उम्मेदवार हुनुहुन्छ । जसमा नेपाली काँँग्रेसबाट जयपति रोकाया, एमालेबाट दलबहादुर रावल, नेपाली कम्युनिष्ट पाटीबाट डाक्टर दिपेन्द्र रोकाया, नेपाल कम्युनिष्ट पार्टी ( माओवादी ) का कुम्भ बुढा र प्रगतिशील लोकतान्त्रीक पार्टीका जटिल कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका छक्क बुढा रहेका छन ।

निर्वाचन आउन ३१ दिन मात्र बाँँकी रहेको अवस्थामा जिल्लाका सात वटै गाउँपालिका १६३ वटा बस्ती रहेको र प्रत्येक बस्तीमा पुग्न अब रात दिन नभनी प्रचारमा जानु पर्ने बाध्यता दल र उम्मेदवारलाई रहेको कारण हिउ बिलाउला र जाउला मन्ने समय देखिदैन । उम्मेदवारहरुलाई हिमपात मै आफ्नो चुनावी प्रचारप्रसार गरि रहनु भएको रहेका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र एक रहेको हुम्ला जिल्लाबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि सवै नयाँ अनुहार रहेका छन ।