रुख चिन्हमा मतदान गर्न काँग्रेस नेता शाहीको हुम्लाका मतदातालाई अपिल

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काग्रेसका नेता तथा कर्णाली प्रदेश सरकारका पुर्वमुख्यमन्त्र जीवनबहादुर शाहीले यस पटकको प्रतिनिधिसभा सदस्य पदमा नेपाली काग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले उक्त अपिल गरेका हुन ।

उनले अफ््नो अपिलमा उम्मेदवार हार्नु भनेको कुनै एक व्यक्तिको हार नभई त्यो लोकतन्त्रमा विश्वास गर्ने हरेक हुम्लाबासीको हार भएको र त्यो संघर्ष, त्याग र बलिदानको इतिहास बोकेको नेपाली कांग्रेस पार्टीको हार हो भन्ने कुरा उल्ले गरेका छन् । उम्मेदवार व्यक्ति मात्रै होइनन्, उनीहरू हुम्लाका सपना, पीडा र आवाज संसदसम्म पुर्याउने प्रतिनिधि हुन्, हिजो निरङ्कुशताविरुद्ध लडेको कांग्रेस,आज पनि जनताको अधिकार, संविधान र समृद्ध भविष्यको पक्षमा उभिएको कुरा अपिलमा उल्लेख गरिएको छ ।

त्यसैगरि छोटो अपिलमा अगाडी बिकट्ता, अभाव र कठिनाइबीच बाँचिरहेका हुम्ली जनताको सम्मान, विकास र उज्यालो भोलिका लागि रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई विजयी गराऔँ भन्ने कुरा उनले उल्लेख गरेका छन् ।
अन्तमा अपिलमा यस निर्णायक घडीमा रुख चिन्हमा मतदान गरी नेपाली कांग्रेसलाई बिजयी गराउन सम्पुर्ण हुम्लाबासी मतदाता आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूमा उनले अपिल गरेका छन् ।