लोग भण्डारी
सिमकोट । चुनावी प्रचारप्रसारमा अभियानमा जुटेको नेकपा एमाले हुम्लाले अब निर्वाचन प्रचारप्रसार अभियानको स्थान परिबर्तन गरेको छ । सदरमुकाम समेत रहेको सिमकोट गाउँँपलिका भन्दा माथि हिमपातले प्रचार गर्न कठिन र मतदाता समेत गाउँमा फिर्ता नभई सकेको कारण एमालेले आफ्नो चुनावी प्रचार अभियान दक्षिणी क्षेत्रका गाउँपालिकाबाट गर्न लागेको हो ।
पटकपटक हिमपात भई रहनु, चिसोले प्रचार गर्न जान कठिन र जिल्ला बाहिर रहेका मतदाता समेत फिर्ता नभएको कारण चुनावी प्रचार अभियानको स्थान परिवर्तन गर्नु परेको नेकपा एमालेका केन्द्रीय सदस्य एवं निर्वाचन परिचालन कमिटीका संयोजक दलबहादुर रावलले बताए ।
हिमपातले प्रचार गर्न कठिन र माघ १० गतेपछि जुन स्थनमा प्रचारका लागि पुगेपछि मतदातासंग राम्रो भेटघाट नहुने देखिएपछि हाललाई प्रचारको स्थान परिबर्तन गरिएको उनको भनाईछ । एमालेका अनुसार अब एमालेको चुनावी घरदैलो अभियान ताँजाकोट गाउँपालिकाबाट माघ २१ गतेबाट हुनेछ । यसै अनुसार उम्मेदवारको टोली सिमकोटबाट ताँजकोटम लागि सकेको र एमाले जिल्ला र प्रदेश कमिटीका पदाधिकारी र सदस्य लगाएतले ताँजाकोट केन्द्रीत हुन उनले आग्रह गरे । मंगलबार एमालेको जिल्ला कमिटीको आकस्मिक वैठकले सो निर्णय गरेको हो ।
सिमकोट संयोजक रावल, एमाले उम्मेदवार दलबहादुर फडेरा, समानुपातिक उम्मेदवार गोरखबहादुर बोगटी, एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकाशबहादुर शाही, सचिव तिर्थराज बोहरा लगाएतका नेताहरु लागेका छन् । दक्षिणी क्षेत्रमा हिमपात कम हुने र भउप्नि चाँडै बिलउने गर्छ । यसैविच रास्वपाकी उम्मेदवार टासी ल्हान्जोमले मंगलबारबाटै ताँजाकोट गाउँपलिकामा आफ्नो प्रचारप्रसार अभियान सुरु गर्नु भएको छ । नेपाली काँग्रेस र नेकपा भने सिमकोट गाउपालिका कै केन्द्रीत भएका छन ।
























