मतदानस्थलको अनुमगन गर्न मुख्य निर्वाचन अधिकृतको टोली दक्षिणी क्षेत्रमा

लोग भण्डारी
सिमकोट । जिल्लाका दक्षिणी क्षेत्रका मतदान स्थलहरुको अनुगमन गर्न मुख्य निर्वाचन अधिकृत निलकण्ठ वरालको टोली गएको छ । बुधबार बिहान ताँजकोट गाउपलिकाका लागि लागेको हो ।

दक्षिणी क्षेत्रका सवै गाउँपलिकाका निश्चित मतदानस्थलहरुको अनुमगन गर्न सदरमुकाम सिमकोटबाट हिडेको सहायक प्रमुख जिल्ला अधिकारी रजेन्द्र चन्दले बताए । मुख्य निर्वाचन अधिकृत बरालको नेतृत्वमा टोली गएको हो । सिमकोटबाट सिधै टोली ताँँजाकोट गाउपलिका पुगेर मतदान स्थलको अनुमगन गर्ने छ भने त्यसपछि अदनचुली गाउँपलिकामा पुगेर मतदान स्थलको अनुमगन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि टोली चंखेली गाउँँपालिका पुग्ने र त्यसपछि सर्केगार्ड र खर्पुनाथ गाउँपलिकाका मतदान स्थलको अनुमगन गरेर सिमकोट फिर्ता हुनेछ । मतदान स्थलको अनुमगनका लागि प्रमुख निर्वचन अधिकृत बराल, प्रजिअ रेग्मी, शत्रुभजन गुल्म रानीबनका गुल्मपति हरिबावु श्रेष्ठ, प्रहरी नायव उपरिक्षक शंकर खड्का, सशस्त्र प्रहरीका निमित्त प्रहरी नायव उपरिक्षक डम्बर बहदुर साउद, राष्ट्रिय अनुसन्धानका प्रमुख मेघराज कडेल, जिल्ला निर्वाचन अधिकारी भिमबहादुर रोकायाको सहभागिता रहेको छ ।