ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा भ्रष्टाचार, चार जनाविरुद्ध मुद्दा दायर

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला ताँजाकोट गाउँपालिकामा औषधि खरिदमा भ्रष्टाचार गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकाल सहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालसहित स्वास्थ्य शाखा प्रमुख राजेन्द्र स्याङकु, सहलेखापाल विर्षसिंह सुनार र नक्कली बिल तयार गर्ने नेपालगन्जका आर्यन फार्माका संचालक कृष्ण कुमार भुजुवाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

उनीहरूले २०७६ सालमा औषधि खरिद गर्दा रु एक लखा ९१ हजार ८५० रुपैयाँ भ्रष्टाचार गरेको आयोगको दाबी छ।

उनीहरूले कम रकमको औषधि खरिद गरेको भए पनि धेरै औषधि खरिद गरेको भन्दै बिल बनाएर गाउँपालिकाबाट रकम भुक्तानी गरेका थिए।