काँग्रेस नेतृत्वमा भएका बिकासलाई निरन्तरता दिन काँग्रेस जिताउन आबश्यक : रोकाया

सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली काँग्रेसका उम्मेदवार जयपति रोकायाले हालसम्म जिल्लाको बिकास काँग्रेसको नेतृत्वमा भएको र त्यसलाई निरन्तरता दिन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । सिमकोट गाउँपालिका–२ को ठेहे गाउमा मतदाता भेटघाट गर्ने घरदैलो कार्यक्रम उनले सो कुरा बताएका हुन ।

देशमा प्रजातत्र आई सकेपछि २०४८ साल पछि बनेको सरकारबाट जिल्लामा बिकासका कामहरु सुरु भएको र त्यसको नेतृत्व नेपाली काँग्रेसका नेता कर्णाली प्रदेशका पुर्वमुख्य मन्त्री जीवन बहादुर शाहीले लिएको यो कायर्लले हालसम्म पनि निरन्तरता पाई रहेको बताउदै अब काँग्रेस नेतृत्वका बिकासलाई निरन्तरता दिनका लागि यस पटक प्रतिनिधि सभामा हुम्ला जिल्लाबाट आफ्नो उम्मेदवारी रहेको बताए ।

जिल्लामा भएको रहेक क्षेत्रको बिकास काँग्रेस कै नेतृत्वमा भएको र अब पनि त्यसले निरन्तरता पाउने उनको भनाई छ । अझ कर्णाली प्रदेश सभामा संसदीय दलको नेता जीवनबहादुर शाही नै रहेको र आफु केन्द्रमा पुगे समन्वयमा काम हुने र त्यसले अझै प्रभावकारी काम गर्न मद्धत पुग्ने उनको भनाई छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आाफु निर्वाचित भए कुनै पनि हुम्ला जनताको शिर झुक्ने कार्य नगर्ने प्रतिबद्धता उनले ब्यक्त गरे ।

बिकासका लागि जिल्लाका राजनीति दलहरु अब मिलेर अगाडी बढ्नु पर्ने पनि उनकाो भनाई थियो । बुधबार दोस्रो दिन पनि काँग्रेसको टोली चुवानी प्रचारका क्रममा घरदैलो अभियान मै रहेको छ