
सि.टा. समाचारदाता
सिमकोट । चंखेली गाउँपालिकाका सबै तहका विद्यालयमा गत मङ्सीर महिनामा लिएको बार्षिक परिक्षाको परिणाम निक्कै खस्कदो आएपछि हिउदे बिदा रहेको माघ महिनामा पठनपाठन सुचारु गरिएको छ । उक्त परिक्षाको परिणाममा सुधार ल्याउनका लागि डेढ महिना पढाई सुचारु गरेर पून परिक्षा लिन लागिएको हो ।
प्रावि, निमावि र मावि तहका कक्षाहरुको गत मङ्सीरमा गाउँपालिका स्तरीय परिक्षा लिदा परिणाम खस्कदो आएपछि गाउँँँ शिक्षा समिति र कार्यपाालिकाको बैठकको निर्णय अनुसार पूनः परिक्षा सञ्चालन गरेर उक्त परिणममा सुधार ल्याउन यो हिउदे बिदाको समयमा पनि गाउँँपालिकाका सवै विद्यालयमा पठनपठन सुरु गरिएको चङ्खेली गाउँँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका टिका उपाध्यायले बताए । उनका अनुसार बार्षिक परिक्षामा प्रावि तहको पच्चीस प्रतिशत, निमावि तहको सोह्र प्रतिशत र मावि तहको सुन्ने दशमलव चार प्रतिशत मात्र परिक्षार्थीहरु सबै विषयमा उतिर्ण भएको परिणाम अएको थियो ।
बार्षिक परिक्षाको परिणाम यस्तो आएपछि गाउँँ शिक्षा समिति र कार्य पालिकाको बैठकमा गम्भीर छलफल भएपछि एउटा मात्र विषय लागेका बिधार्थीलाई उतिर्ण मान्दा सवै तहको गरि उतिर्ण दर ४९ प्रतिशत पुगेको उहाँले बताउनुभयो । यो बिधि अपनाउदा पनि परिक्षाको परिणम सन्तोसजनक नदेखिएपछि हिउदे बिदाको समयका पनि कक्षा सञ्चालन गर्ने र पून परिक्षा लिने ब्यवस्था गर्न गाउँ शिक्षा समिति र कार्यपालिका वैठक निर्णय गरे अनुसार हाल विद्यालय सञ्चालन गरिएको उहाँले बताउनुभयो । तीन वटा बालबिकास, सत्र वटा निमावि, चार वटा निमावि र दुई वटा मावि गरि २४ वटा विद्यालय रहेको सो गाउँपालिकाका उतिर्ण भएका र नभएर बिधार्थीहरुका लागि पठनपाठन कार्य सुरु गरिएको छ ।
अधिकाँस विद्यालयका बिधार्थीहरु गणित विषयमा अनुतिर्ण भएको र फागुन तेस्रो हप्तासम्म पठन पाठन गर्ने र त्यसपछि पूनः परिक्षा सञ्चााल गर्ने तयारीमा गाउँपालिका उक्त शाखा रहेको छ । एक हजार १७६ जना सवै तहका लागि बिधार्थीहरुको सो गाउँपालिकामा शैक्षिक सुधार ल्याउन कै लागि गाउँपालिका स्तरमा परिक्षा सञ्चालन गर्ने निर्णय भए अनुसार परिक्षा सञ्चालन भएको थियो । गाउँपालिका सवै विद्यालयमा दरबन्दीमा ५५ जना, पाँच जना सङ्घीय सरकारको अनुदान, तेह्र जना राहत र गाउँपालिकाको अनुदानमा ४६ जना गरि ११९ जना शिक्षकहरु कार्यरत रहनु भएको छ ।























