गणतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस जिताउनु आवश्यक : उम्मेदवार रोकाया

सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली काँग्रेस हुम्लाबाट उम्मेदवारी दिएका जयपति रोकायाले गणतन्त्र र संबिधानको रक्षाका लागि आफ्नो उम्मेदवारी रहेको र काँँग्रेसलाई निर्वाचित गराउनु आवश्यक रहेको बताएका छन । संविधान र देश विषम अवस्थामा रहेको प्रतिकृया दिदै उनले यसको रक्षा काँग्रेसले गर्न सक्ने भन्दा हुम्लामा पनि काँग्रेस निर्वाचित हुनु आवश्यक रहेको उनले बताएका हुन ।

आईतबार मतदातासंग भएको भेटघाटमा काँग्रेस उम्मेदवार रोकायाले अहिलेको अवस्थामाा देश कसरी अगाडी बढ्ला भन्ने चिन्ता भई रहेको बेला हिमाली जिल्ला हुम्लामा पनि नेपाली काँँग्रेस जस्तो लोकतान्त्रिक पार्टीलाई विजयी गराउन आग्रह गरे । पहिले देश र संविधानको रक्षा गर्नु रहेको बताउदै उनले यो काँग्रेसले मात्र गर्न सक्ने बताए ।

देश रहे नेपानी भएर रहन सकिने बताउदै उनले अहिले गम्भीर भएर हुम्लवासीले मतदान गर्ने बेला आएको बताए । एक अर्को प्रसंगमा काँँग्रेसले हिजो पनि विर्नाचन जितेर जिल्लाका लगि धेरै कम गरेके बताउदै उनले आफु निर्वाचित भएपछि पनि ती जनता कै कामका लागि लड्ने बताए । अहिल्यै नै यसो र उसो गर्ने भने चुवानी आस्वासन नदिने बताउदै उनले गर्न सकिने कुरा मात्र मतदाताविच बोल्ने गरेको उनको भनाई छ ।