चुनावी प्रचार अभियानका लागि पुर्वमुख्यमन्त्री शाही गृह जिल्लामा

सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि काँग्रेस नेत एवं कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाही सोमबार हुम्ला आई पुगेका छन् । चुनावी प्रचारका कार्यक्रम नेपाली काग्रेस हुम्लाले सिमकोट केन्द्रीत गरि रहेको बेला शाही जिल्लमा आएसंगै त्यसले तिब्रता पाउन लागेको हो ।

सोमबार नेपालगंजबाट नेता शाही सिमकोट आई पुगका हुन । शाहीलाई अन्य बेला जस्तो यस पटकको हुम्ला आगमनलाई हुम्ला काँग्रेसले सिमकोट बिमानस्थलमा भव्य स्वागत गरेको काँग्रेस उपसभापति कैलाश भण्डारीले बताए । यतिबेला मुख्य गरि पुर्वमुख्यमन्त्री शाही चुनावी प्रचारप्रसार अभियानमा सहभागित जनाउन आई पुगेका हुन ।

हुम्ला आई पुगे लगत्तै शाही प्रचार प्रसार कार्यक्रमलाई अगाडी बढाउन सुरु गरि सकेका छन् । उनको आगमनले हुम्ला काँग्रेसमा थप जोस देखिएको छ । उनीसंगै संविधान सभा सदस्य रीता शाही पनि जिल्लामा आई पुगेकी छन् । काँग्रेसका अधिकाँस नेताहरु समेत जिल्लामा आई पुगेका छन् । उनको स्वागतका लागि प्रतिनिधिसभा सदस्यका प्रत्यासी जयपति रोकायाा, काँग्रेस सभापति मोहन बिक्रम सिंह, काँग्रेस कर्णाली प्रदेशक सदस्य पदमबहादुर लामा, सभापति भण्डाारी, बसन्त रोकाया, सचिव कृष्ण बहादुर बोहरा, कोषाध्यक्ष बबीता शाही लगाएतको उपस्थिती रहेको थियो ।