आफ्ना कुरा राखेपछि मतदानको निर्णय आफै गर्न मतदातालाई टासीकाे आग्रह

फोटो क्याप्सन मतदातासंग आफ्ना कुरा राख्दै टासी । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्लाबाट एक्ली महिला उम्मेदवारका रुपमा रहेकी टासी ल्हान्जोम यतिबेला दुर्गमका बस्तीहरुमा मतदातासंग भेटघाटमा ब्यस्थ्य हुदै आएकी छन् । मतदातासंग आफ्ना कुरा राख्ने र मतदाताका कुरा सुन्ने काममा उनी निक्कै तल्लीन देखिएकी हुन ।

माघ ६ गते उम्मेदवारी दर्ता गरेर काठमाडौं लागेकी ल्हान्जोम त्यस लगत्तै पैदल मार्गबाट हुम्ला प्रवेश गरेकी थिईन । जिल्लाको दक्षिणी क्षेत्रको ताँँँजाकोट गाउँपालिकाबाट उनले माघ २१ गतेबाट चुनावी प्रचार अभियान सुरु गरेकी थिईन । वस्तीव वस्तीमा पुगेर उनले आफ्ना कुरा राख्ने मात्र नभएर मतदाताका कुरा पनि सुन्ने गर्दै आएकी छन् ।

हुम्ला बिकास गर्न धेरै बाँकी रहेको बताउने उनी एक पटक आफुलाई अवसर दिन आग्रह गर्न भने उनले छाोडेकी छैनन् । पुरानो पुस्ता भन्दा नयाँले प्रविधिसंग जोडिएर पनि काम गर्न सक्ने भनाई उनको छ । यतिबेला अदानचुली गाउँपालिकाका कुना कन्दरामा मतदाता भेट्ने कार्य गरि रहेकी ल्हान्जोम प्रतिनिधिसभा सदस्यमा रास्वपाबाट उम्मेदवार भएपनि पहिलो पटक हुम्लाका गाउँ बस्तीमा पस्न पाएकी हुन ।

जति फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन जति नजिकिदै छ । त्यति नै उनी आफ्ना कुरा स्पष्ट र दह्रोसंग राख्न थालेकी छन् । हिजो आज उनले आफुले सवै कुरा बताई सकेको र अव अन्तिम निर्णय मतदाताको हो भनेर भनाई टुङ्ग्याउने गर्दै आएकी छन् ।

उनले एउटा शब्द बारम्बार दोहोरिएर आउने गरेको छ । त्यो हो नयाँ र पुराना चिन्ने अवसर यति बेला आएको हो । बेलैमा छान्न नसके पछि पछुताउनु पर्ला भन्न पनि पछि पर्दिनन् । आफ्ना कुरा राख्ने र मतदान कस्लाई गर्ने भन्ने निर्णय भने मतदाताले नै गर्नु पर्ने उनी बताउने गर्छिन ।