सुत्केरी बेथा लागेकी गर्भवतीको हेलिकोप्टरबाट उद्धार

फोटो क्याप्सन सिमकोट बिमानस्थलबाट सुत्केरी बेथा लागेकी महिलाको उद्धार गर्ने क्रममा नेपाली सेनाको हेलिकोप्टर। तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाबाट एक जना सुत्केरी बेथा लागेकी गर्भवती महिलाको बिहीबार हेलिकोप्टरबाट उद्धार गरिएको छ । बुधबार जिल्ला अस्पताल ल्याई पुर्याईएकी गर्भवती महिलााको जिल्ला अस्पतालमा उपचार नहुने भन्दै जिल्ला अस्पतालले रिफर गर्दा उहाँलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो ।

सर्केगार्ड गाउँपालिका–५ को गोठी गाउँकी २३ वर्षीया किस्मती बिकलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पतताल पुर्याईएको र अस्पतालमा सुत्केरी गराउन नसकिने भएपछि प्रदेश अस्पताल सुर्खेत रिफर गरिए अनुसार नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि सुर्खेत पठाईएको अस्पतालकी बरिष्ठ अनमी सरिता बोहराले बताईन ।

गर्भवतीका परिवार सुत्केरी बेथा लागेकी बिकलाई बुधबार बिहान आठ वजे गोठी स्वास्थ्य चौकीमा पुर्याईएको थियो । स्वास्थ्य चौकीले नसक्ने भन्दै जिल्ला अस्पताल पठाईएकोमा सोही दिन बेलुका पाँच वजे अस्पताल पुर्याईएको थियो । अस्पतालले बुधबार गर्भवतीलाई जिल्ला बाहिर रिफर गरेको भएपनि बिहीबार मात्र उनको हवाई उद्धार भएको हो । सुत्केरी बेथा लागेकी विकको पेटमा पाननी जमेको कारण जिल्लामा उपचार गर्न नसकिएको हो ।

यसका लागि स्वास्थ्य चौर्की सर्केगार्ड गाउँँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको सिफारिसमा राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकोप्टरले उद्धार कार्य गरेको छ । यस वर्ष यो घटना सहित तीन जना सुत्केरी बेथा लागेकी महिलाको उद्धार गरिएको छ ।