सि.टा. समाचारदाता
सिमकोट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेनाको शत्रुभञ्जन गुल्म रानीबनले जिल्लाभर पैदल गस्ती गर्न सुरु गरेको छ । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तीपुर्ण रुपमा सम्पन्न गर्नका लागि बाहिरी घेरामा रहेर सुरक्षा प्रदान गर्ने जिल्ला पाए अनुसार सेनाले दुरदराजका बस्तीहरुमा गस्ती गर्न सुरु गरेको हो ।
नेपाली सेनाले जिम्मा पाए अनुसार जिल्लाका दुर्गम बस्तीहरुमा पैदल गस्ती गर्न सुरु गरेको शत्रुभञ्जन गुल्मका गुल्मपति हरिबाबु श्रेष्ठले बताए । बिशेष गरि फागुन २१ गतेको निर्बाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपुर्ण रुपमा सम्पन्न गर्न र मतदाताहरुले निर्भयका सात मतदान कार्यमा भाग लिननका लागि बाताबरण तयार गर्न अहिलेबाटै सेनाले आफ्नो गस्ती सुरु गरेको हो ।
उनका अनुसार हाललाई पहिलो पटक बिहान छ बजे नै सेनाको टोली सदरमुकाम सिमकोटस्थित गुल्मबाट निस्केर दिनभर गस्ती गर्ने र बेलुका अबेर गुल्ममा फिर्ता हुने गरेको छ । बिहीबार सेनाको गस्ती गर्ने टोली नाम्खा गाउँँपलिकामा लागेको थियो । हाल सदरमुकाम सिमकोटमा रहेकाो रानीबन गुल्मबाट सेवा बिहान निस्केर दुरदराजका गाउँ बस्ती, मतदानस्थलहरुमा गस्ती गरेर फर्कने गरेको बताउदै उनले सेनाको यो कार्यमा सहयोथ गर्न सर्वसाधारणलाई आग्रह गरे ।
रानीबन गुल्मको सेनाले दैनिक रुपमा नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ खार्पुपालिकाका टाढा र ददर्गमका बस्तीहरु लक्षित गरेर गस्ती गरि रहेको छ । अर्को कुरा सेनाले सशस्त्र प्रहरी बलसंग पनि सम्युक्त गस्ती पनि गर्न सुरु गरेको छ । निर्वाचन सुरक्षा योजना अनुुसार सेनाले आफ्नो गस्ती गर्ने कार्य गरि रहेको हो । अब नेपाली सेनाले यसरी गस्ती गर्ने कार्य मतदान कार्य सम्पन्न भएदेखि मतगणना कार्य सम्पन्न नहुन्ज्ेलसम्म जारी राख्ने उनको भनाई छ ।












