ताराको दोस्रो साहित्यीक कृति प्रकाशित

सि.टा. समाचारदाता
सिमकोट । साहित्यकार तारा खत्रि रोकायाको दोस्रो कृति प्रकाशित भएको छ । एक वर्षको अवधिमा उहाँको यो कृति प्रकााशित भएको हो । आफुले एक वर्षयता लेखिएका कविताहरुको संग्रहका रुपमा “जितको उज्यालो ” दोस्रो साहित्यीक कृर्तिका रुपमा प्रकाशन गर्न सफल भएको साहित्यकार खत्रीले बताईन ।

उक्त कविता संग्रहमा दुई सय वटा कविताहरु प्रकाशित भएका छन् । प्रकाशितत कविता संग्रह कविताहरुका विषयबस्तु भने आफ्नै जीवनमा भोगेको भोगाईलाई बनाईएको छ । कविता संग्रह दुई सय पृष्ठको रहेको र यसको मुल्य ४९९ रुपियाँँ निर्धारण गरिएको छ ।

यो कविता संग्रह बिक्रीबाट आउने नगद पुर्णतारा फाउण्डेशन मार्फत गरिब तथा जेहेन्दार बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिनेछ । कविता संग्रह प्रकाशन गर्न सफल भएको र यसलाई चाँडै बिमोचन गर्ने तयारीमा पनि उनी लागेकी ।

हुम्ला जिल्ला सिमकोट गाउँपालिका–५ की स्थायी बासिन्दा रहेकी उनलाई सानैदेखि गीत गाउने, लेख्ने र कविता लेख्न मन पथ्र्यो । त्यसैको देनका रुपमा उहाँले यो कविता संग्रह प्रकश गर्न सफल भएकी हुन । यसअघि गत वर्ष चैत महिनामा उहाँले सुकलम्बरा उपन्यास प्रकाशन गर्न सफल भएकी थिईन ।