गाउँपालिकाबाट पाल्टसी आगलागी पिडितलाई राहत सहयोग

फोटो क्याप्सन आगलागी पिडितलाई राहत सहयोग प्रदान गरिदै । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता
सिमकोट। सिमकोट गाउँपालिका– ७ को डाँडाफयाको पाल्टसी गाउँका आगलागी पिडितलाई राहत सहयोय गरिएको छ । आगलागीबाट सम्पुर्ण क्षेती ब्यहोर्नु भएका एक घरधुरीका परिवारका सदस्यहरुलाई तत्कालीन समस्या समाधान गर्न उक्त राहत सहयोग गरिएको हो ।

पाल्टसी आगलागी पिडित शाहीलाई राहत सहयोग गरिएको सिमकोट गाउँपालिकाकी अधिकृत ममता रोकायाले बताईन । दैनिक गर्जो टार्नेसम्मका बस्तु नजोगिएका आगलागी पिडितलाई पहिलो आवश्यकता गाउँ, वाँस र कपासका लागि आवश्यक पर्ने सहयोग गरिएको होे ।

यसमा चामल, पैदा, चिउरा, तेल, मसला, पाल, कम्बल, बाल्टी, जग लगाएतका सामाग्रीहरु प्रदान गरिएको हो । गत मंङ्गलबार राती सो गाउँका देब बहादुर शाहीको घरमा आगालागी भएको थियो । आगलागीको बेला घरमा तीन जना मानिस रहेको भएपनि कुनै मानवीय क्षेती भने भएको थिएन ।

राती अवेर आगो नियन्त्रणमा आएपनि तीन तले कच्ची र जस्तापाता छापेको घर पुर्ण रुपमा जलेर नष्ट भएको थियो । घरमा भएका लत्ताकपडा, भाँडाकुडा, अन्नपातका साथै नगद पच्चीस हजार नष्ट भएको थियो । घर आगलागीबाट सात लाख मुल्यको क्षेती भएको थियो । उक्त राहत सहयोग गाउँपालिका अध्यक्ष बिजय भण्डारीले प्रदान गरेका थिए ।