घरदैलो अभियानबाट एक्ली महिला उम्मेदवार लाजोम आशावादी

फोटो क्याप्सन चुनावी अभियानमा आफ्नो भनाई मतदाता समक्ष राख्दै महिला उम्मेदवार लाजोम । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक्ली महिला उम्मेदवारका रुपमा रहनु भएका टासी लाजोम आशावादी देखिएकी छन् । चुनावी प्रचारको घरदैलो अभियानमा मतदाताबाट माया र आश्रीवाद पाउदा उहाँले यो निर्वाचनमा आशावादी दखिएकी हुन ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट हुम्ला जिल्लाको उम्मेदवारको रुपमा खडा हुनु भएकी लाजोमले निर्वाचनको प्रचारप्रसारका लागि घरदैलो अभियानबाट सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाको केन्द्रमा आई पुगे पछि आफु मतदाताको सहयोग र आश्रीवाद पाउदा ज्यादै खुसी रहेको बताईन । उनले आफ्नो चुनावी अभियानको सुरुवात ताँजाकोट गाउँपालिकाबाट सुरु गरेकी थिईन ।

यो अभियान अन्य छ वटा गाउँपालिकामा पनि उहाँले सम्पन्न गरि सकेकी छन् । अभियानका क्रममा मतदाताबाट पाएको माया र सर्मथनले आफु उत्साहित भएको उनले बताईन । जिल्लामा महिला पनि चुनावी मैदानमा खडा भएर घरदैलो अभियानमा जान सक्ने अवस्थामा पुगेको बताउदै उम्मेदवार लाजोमले बिशेष गरि महिलाहरुले देखाएको आत्मीएता, सद्धभाव र सर्मथनले आफु राजनीतिमा होमिन सहयोग मिलेको बताईन ।

सदरमुकाम सिमकोटमा चुनावी अभियानका क्रममा बोल्दै हुम्लाकी छोरी यो स्तरमा पुगेर उम्मेदवार खडा हुन सक्नु पनि ठुलो कुरा भएको जिल्लाको देखिएको सर्मथनबाट आफु उत्साहित भएको उनले बताईन । हुम्लावासीको माया प्रति आफु सधै ऋणी हुने र अव जिल्लाको बिकासका लागि केही गरेर देखाउने आँट आएको बताईन ।

अन्य प्रतिश्प्रधी राजनीति दलका उम्मेदवारहरुका बारेमा कुनै टिक्कटिप्पणी समेत नगर्नु भएकी उनले पुराना दलहरु गरेका काम देखि सकेकोले एक पटक जिल्लाबाट आफुलाई सहयोग गर्न आग्रह गरिन । सिमकोट गाउँपालिका– ७ र ८ को चुनावी अभियान सकेर आफ्नो गृह गाउँपालिका नाम्खातर्फ जाने उनको योजना रहेको छ ।

नाम्खा गाउँपालिका– ६ को हिमलपारीको गाउँ लिमीकी स्थायी वासिन्दा रहनु भएकी लाजोम लिमी पुगन भने समस्या हुने देखिएको छ । लिमी जाने दुवै नाका नारा र न्यालु हिमपातले बन्द रहेका छन् । ती नाकाको हिउ पन्छाउनेतर्फ हालसम्म पहल हुन समेत सकेको छैन ।