सि.टा. समाचारदाता
सिमकोट । मतगणना अघि वस्नु पर्ने सर्वदलीय बैठक शुक्रबार दिउसो ३ वजे वस्ने भएको छ । एमाले उम्मेदवार दलबहादुर फडेरा बाटोमा आउदै गरेको कारण बैठक पछि सारिएको हो ।
सर्वदलीय बैठक बिहान ११ वजे वस्ने गरि बोलाईएको भएपनि यो समाचार तयार पारुन्जेल बैठक वस्न नसकेको मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालले बर्ता ।
उनका अनुसार एमाले उम्मेदवार फडेरा बाटो आउदै गरेको उनलाई पर्खिनु परेको कारण बैठक बस्न ढिलाई भएको हो । अव वैठक दिउसो ३ वजेका लागि वोलाउने उनले बताए । वैठक वस्न ढिलाई भएको कारण मत गणना कार्य कति बजेबाट सुरु गर्ने भन्ने कुरा समेत एकिन हुन सकेको छ्रैन । । अन्य छ वटा दलका उम्मेदवार भने सिमकोटमा आई सक्नु भएको छ ।
























