सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक जेने एक्स्पर्ट ल्याव स्थापना भएको छ । सात वर्ष लामो प्रयासपछि नेपाल सरकारको राष्ट्रिय क्षय रोग केन्द्रले उक्त महङ्गो ल्याव जिल्ला अस्पताल हुम्लालाई उपलब्ध गराएको हो । जेने एक्स्पर्ट ल्यावका लागि विगत सात अगाडीदेखिको प्रयासले यस पटक सार्थकता पाएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले जानकारी दिए ।
ल्याव जिल्ला अस्पतालाई उपलब्ध भएसंगै स्थापना गरेर क्षेय रोगको लागि खकार परिक्षण कार्य सुरु भएको छ । ल्याव स्थापना भएसंगै एघार जनाको स्वाव परिक्षण गर्दा एक जनामा क्षय देखिएको छ । उक्त ल्याव स्थापना भएपछि यसको सञ्चालनका लागि एक जना जनशक्तिलाई पन्द्र दिने तालिमका लागि समेत पठाईएको थियो ।
तालिम पश्चात ती कर्मचारीले ल्याव सञ्चालन गर्नु भएको हो । यसअघि सो ल्याव स्थापना नहुँदा क्षय रोगको आशंका लागे बिरामीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको यसको परिक्षणका लागि हवार्य भाडा मात्र पचास हजार भन्दा बढी खर्च गर्नु पर्ने हुन्थ्यो । अस्पताल मै जेने एक्स्पर्ट ल्याव स्थापना भएपनि हुम्ला जिल्लाभरका बिरामीहरुलाई सहज र निशुल्क रुपमा आफ्नो उपचार गर्न पाउने भएको उहाँले बताउनुभयो । स्वाव परिक्षण गर्न पनि तापक्रम हेरेर आधादेखि एक घण्टासम्म समय लाग्ने गरेको छ ।
यो बिश्व मै नयाँ आएको अत्याधुनिक ल्याव हो । यसको मुख्य मात्र ५२ लाख परेको अस्पतालले जनाएको छ । खोकी बढी लागेपछि क्षय रोगको आशंका चिकीत्सकले गर्दा बीस दिन अगाडी एक जना जिल्ला अस्पताल पुगेकी एक जना बिरामीलाई नेपालगंज रिफर गरिएको थियो । यकेही समय अगाडी जिल्ला असपतालमा बायोमेडिक ल्याव पनि स्थापना गरिएको थियो । दुर्गमको अस्पतालमा अब अत्याधुनिक मेशिनहरु ज्जडान हुने कार्य जारी रहेको छ ।





















