सि.टा.समाचारदाता
सिमकोट । नेपाल महिला उद्यमी संङ्घ हुम्ला शाखाको अध्यक्षमा गीता कुमारी खड्का ( बुढा) चयन भएकी छन् । जिल्लामा उद्यम बिकासका क्षेत्रमा काम गर्दै आएका महिला उद्यमीहरुबिचको छलफलले शाखा गठन गरेको हो ।
महिला उद्यमी संङ्घ हुम्ला शाखाको अध्यक्षमा गीता कुमारी खड्का ( बुढा) अध्यक्षमा चयन भएकी छन भने लक्षु भण्डारी उपाध्यक्ष, उद्गम बुढा, शान्तिकुमारी सिंह सचिन लक्ष्मी बोहरा कोषाध्यक्षमा चयन हुनु भएको छ । त्यसैगरि सङ्घको सदस्यहरुमा निर्मला तामाङm धनजवा रोकाया, सारदा चौलागाई, छोप्साङ लामा, हिरा बुढा र पेमा आङमु लामा चयन हुनु भएको छ ।
उहाँहरु सवै निर्विरोध चयन हुनु भएको छ । साललाई एघार सदस्यीय संङ्घ गठन गरिएको छ । संङ्घको जिल्ला शाखा गठनसंगै जिल्ला प्रशासन कार्यालयमा समेत दर्ता गरिएको छ । संङ्घको अध्यक्षमा चयन भएपछि खड्काले महिला उद्यमीको हकहित र अधिकारीका लागि पहल गर्ने र अब जिल्लाभरमा महिला उद्यमीबिच आपसी छलफल र अनुभव आदान प्रदान जस्ता कार्यक्रमहरु सञ्चालन गरिने बताईन । संङ्घमा आबद्ध सबै पदाधिकारी र सदस्यहरु स्थानीय स्तरका उद्यम ब्यवसायसंग सम्बद्ध रहँदै आएकी छन् ।





















