बन ब्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना बन्ने

फोटो क्याप्सन कार्ययोजनाका लागि राय सल्लाह संकलन कार्यक्रमका सहभागीहरु आफ्ना कुरा राख्दै । तस्बिर ः सि.टा. हुम्ला

सि.टा.समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लावासीको आम्दानीको मुख्य श्रोतका रुपमा रहेको जडिबुटी ब्यवस्थापनका लागि पञ्चवर्षीय कार्ययोजना बन्ने भएको छ । कार्ययोजना नबने कै कारण सङ्कलन भएको जडिबुटी निकासी गर्न अन्य जिल्लाको छुट पुर्जी लिनु पर्ने र कुहाउनु परि रहेको बेला नयाँ कार्ययोजना बन्ने निश्चित भएपछि जडिबुटी ब्यापारी खुसी समेत भएका हुन ।
गरेको थियो ।

आगामी वैशाख अन्तिम हप्तासम्म कार्ययोजना तयार हुने बताउदै डिभिजन नव कार्यालयका प्रमुख महेश कुमाईले अव धेरै समस्या समाधान हुने बताए । यसका लागि कार्यालयले बाह्र लाख बजेटको ब्यवस्था गरेको छ ।

कार्ययोजना तयार भएपछि नयाँ आर्थिक वर्षबाट कार्यान्वयनमा आउने र त्यसपछि हालको निकासी समस्याले समाधान पाउने बताउदै उनले त्यसपछि जटामासी मात्र बार्षिक तीन लाख चाली हजार केजी जिल्लाबाट निकासी गर्न सकिने बताए । जटामासी मात्र नभएर अन्य पचास भन्दा बढी जडिबुटीको निकासी समस्याले समाधान पाउने उनको भनाई छ ।

कार्ययोजना नभएको कारण बिशेष गरि जटामासी र कुट्की जिल्ला बाहिर निकासी गर्न कठिन भएको बेला नयाँ पञ्चबर्षीय कार्ययोजना बन्न निश्चित हुँदा निक्कै खुसी लागेको जडिबुटी ब्यवसायी संङ्घ हुम्लाका अध्यक्ष राजबहादुर शाहीले बताए । उक्त पञ्चवर्षीय कार्ययोजना निर्माणको जिम्मा पाएको नेचुरल रिशोर्ससेस एण्ड इन्भारोमेण्टटल म्यानेजमेन्ट सेन्टर प्रालिले आयोजना गरेको राय, सल्लाह र सुझाव सङ्कलन गर्न आयोजना गरिएको कार्यक्रम जति सक्दो चाँडो निर्माण हुनु पर्ने जडिबुटी ब्यापानरीको भनाई छ ।

यसका लागि प्राविका डाक्टर नागेन्द्र यादवको टोली जिल्लामा आएको थियो । अर्का जडिबुटी ब्यापारी छिरिङ लामाले यस पटक किसानले सङ्कलन गरेको जडिबुटी बिशेष गरि जटामासी र कुट्कीको सङकलन र छुट पुर्जी हुम्ला जिल्लाबाट नपाएको कारण केहीले छिमेकी जिल्लाबाट लिएर काम चलाएको भएपनि धेरैको कुहिएको बताए ।

केहीले भने सुरक्षित राख्न सफल भएको बताउउै उहाँले छुट पुर्जी नभएको कारण पचासदेखि साठी क्वीन्टल जडिबुटी छिमेकी जिल्लाको पुर्जीबाट निकासी गर्नु परेको बताउनुभयो । धेरै ब्यापारीका यसवर्ष छुट पुर्जी नपाएको कारण लगानी हालसम्म डुवेको गुनासो व्यापारीको छ ।