सामाजिक बिकास कार्यालयद्धारा हालसम्मको प्रगति समिक्षा प्रगति

फोटो क्याप्सन कार्यक्रममा प्रगति बिबबरण प्रस्तुत गर्दै कार्यालय प्रमुख सिंह । तस्बिर : सि.टा 

सि.टा. समाचारदाता

सिमकोट । सामाजिक बिकास कार्यालय हुम्लाले हालसम्मको प्रगति समिक्षा गरेको छ । यो उक्त कार्यालयको चालु र पुँजीगत खर्च गसहितको प्रगति हो । उक्त कार्यालयका बित्तिय प्रगति हालसम्म २६ दशमलव ११ प्रतिशत रहेको कार्यालयद्धारा आयोजना गरिएको समिक्षा कार्यक्रममा विवरण पेश गरिएको छ ।

चालु आर्थिक वर्षमा कार्यालयका चालुतर्फ एक करोड ४५६ लाख एक्काईस हजार रहेकोमा हालसम्म ७० लाख ९१ हजार १८५ रुपियाँ खर्च भएको छ भएर ४८ दशमलव पचास प्रतिशत वित्तिय प्रगति देखिएको छ । त्यसैगरि पुँजीगततर्फ बीस करोड तेईस लाख बजेट बिनीयोजित भएकोमा हालसम्म चार करोड ९५ लाख ६३ हजार पाँच सयरुपियाँ खर्च भएर २४ दशमलव ४५ प्रतिशत खर्च भएको छ ।

यसरी हालसम्म बित्तिय प्रगति कम हुनुको कारण चालु तर्फ दरवन्दी अनुसार कर्मचारी नहुनु र भौतिकतर्फ मंसीरदेखि फागुनसम्म चिसोको कारण सिमेन्टबाट गरिने कामहरु रोकिएको कारण भएको सो कार्यालयका प्रमुख इश्वरबहादुर सिंहले बताए ।

यतिबेला बित्तिय प्रगति कम भएपनि असारसम्म त्यसलाई ९५ प्रतिशत पुर्याउने प्रतिबद्धता उनले कार्यक्रममा ब्यक्त गरे । भौतिक पुर्वाधारतर्फ सो कार्यालयले ४८ वटा योजनाहरु तीस लाख तलका रहेको र त्यसमा उपभोक्ता समितिबाट काम भई रहेका छन् । यी मध्य १७ वटा योजनाको काम सम्पन्न भएर अब अन्तिम भुक्तानीको चरणमा रहेको प्रमुख सिंहले बताए ।

यता तीस लाख भन्दा बढी बजेटका १९ वटा योजनाको ठेक्काबाट काम भई रहेको कार्यालयले जनाएको छ । कार्यालयले यस आवमा गर्ने सवै कामहरु आगामी जेठ मसान्तसम्म सम्पनन गर्ने र असार महिनामा कागजात मिलाउने काय गर्ने गरि कार्यालय लागि रहेको जानकारी गरिएको थियो । सो कार्यालयले उपभोक्ता समितिबाट गरिने योजनाको सम्झलौता गत भदौ महिनामा गरि सकेको थियो भने केही मंसीर महिनामा गरेको थियो ।

ठेक्काबाट गरिने योजनाको सम्झौता पनि समय मै गरेको थियो । समिक्षा कार्यक्रम बोल्ने अधिकाँस बक्ताहरुले कार्यालयको काम चुस्त, दुरुस्त, छिटो र छरिटो रुपमा सम्पादन भएको बताएका थिए ।

यसरी आफ्नो भनाई राख्नेमा जिल्ला समन्वय समितिका प्मुख शिबराज शर्मा, उद्योग बाणिज्य संघको अध्यक्ष रामबहादुर भण्डारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षबाट कैलाश माविका अध्यष बिनोद बिक, प्रधानाध्यापकबाट भिमसेन आविका कालीबहादुर शाही रहेका थिए । कार्यक्रममा योजना कार्यान्वयमा रहेका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक लगाएतको उपस्थिती रहेको थियो ।