म्याद गुज्रेका सामाग्री जफत गरि नष्ट

फोटो क्याप्सन सिमकोट बजारको अनुगमन गर्ने क्रममा टोलीका सदस्यहरु पसलमा सामान हेर्दै । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता

सिमकोट । सदरमुकाम रहेको सिमकोट बजारको अनुगमन गर्ने कार्य भएको छ । सो अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामाग्री जफत गरेर नष्ट गरिएको हो । बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेका सामानहरु जफत गरि नष्ट गर्ने कार्य भएको सिमकोट गाउँपालिका राजस्व शाखाका प्रमुख दलजित कार्कीले बताए ।

सिमकोट बजारका बिभिन्न पसलहरुको अनुगमिन गरिएको थियो । सो क्रममा बिभिन्न १७ प्रकारका खाद्य तथा जंकफुटहरु बरामद गरिएको र त्यस लगत्तै नष्ट गरिएको उनले बताए । यसरी बरामद गरेर नष्ट गरिएका सामाग्रीहरुमा नेपाली कोकाकोला, चाईनिज कोकाकोला, रियल जुस, लिची जुस, भुजा, चोखोपन, चिजवल, विष्कुट, माछा प्याकेट, चटपटे प्याकेट, मिक्स मसला, बिएमबि मसला, चार्ट मम मसला, सेन्चुरी मसला, गम मसला, डाल्मोट र चिल्ली पाउडर रहेका छन् । म्याद गुज्रेका सामान भेटिएका पसलहरुमा सामान जफत गर्नुका साथै चेतवनी समेत दिने कार्य भएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए । अनुगमन गर्नका लागि सिमकोट गाउँपालिकाका उपाध्यक्ष शुशिला भाम रोकाया, सुरक्षा निकाय लगाएतको सहभागिता रहेको थियो ।