सि.टा.समाचारदाता
सिमकोट । जिल्ला अस्पतालका बिरामीलाई पोषणयुक्त खानेकुरा र सरसफाईका सामानहरु सहयोग गरिएको छ । बिश्व स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य सेवा कार्यालयको आयोजनामा बिरामीलाई ती सामाग्री सहयोग गरिएको हो ।
“मानव पशुपन्छी र पर्यावरणको हित, बिज्ञान र एक स्वास्थ्य हाम्रो हित ” भन्ने मुख्य नाराका साथ हुम्लामा मनाईएको बिश्व स्वास्थ दिवसको अवसरमा जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई योषणयुक्त खानेकुराका साथै सरसफाईका सामाग्रीहरु सहयोग गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताए ।
अस्पतालमा सात जवना बिरामी भर्ना भएका र उहाँहरु सवैलाई ती सामाग्री बेडबेडमा पुगेर सहयोग गरिएको हो । सहयोग गरिएका सामाग्रहिरुमा हर्लिक्स, जुस, अम्वा, बिस्कुट जस्ता पोषणयुक्त खानेकुरा र ब्रस, बन्जन, नेलकटर र मुख धुने सावुन सहयोग गरिएको हो ।
यसअघि दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले मानिसको स्वस्थ्यलाई स्वस्थ राख्नका लागि आफुले पनि ध्यान दिन आवश्यक रहेको बताए । स्वास्थ्य सवै भन्दा महत्वपुर्ण धन भएको कारण यसका सुरक्षा गर्न आवश्यक रहेको उनको भनाई थियो । कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डार? उपाध्यक्ष शुशिला भाम रोकाया लगाएतको उपस्थिती रहेको थियो ।























