सि.टा. समाचारदाता
सिमकोट । एक जना परिक्षार्थीले सुत्केरी मंगलबार राती सुत्केरी भएको भएपनि एसईई परिक्षामा सहभागिता जनाएकी छन् । परिक्षा सञ्चालन भई रहेको सयममा गर्भवती ती परिक्षार्थी सुत्केरी भएको भएपनि उाको आफ्नै चाहानाले परिक्षामा सहभागिता जनाएकी हुन ।
सिमकोट गाउँपालिका मानसरोवर मावि परिक्षा केन्द्रमा मंगलबार राती सुत्केरी भएकी सिमकोट गाउँपालिका– २ को ठेहे गाउँकी परिक्षाथी पुष्पा बोहराले परिक्षामा सहभागिता जनाएको केन्द्रका केन्द्राध्यक्ष अमरबहादुर शाहीले बताए । सुत्केरीलाई अस्पतालको प्रसुती गृहबाट अस्पतालले एम्वुलेन्सबाट परिक्षाा केन्द्रमा लिएको थियो ।
ती परिक्षार्थीले अर्थशास्त्र विषयको ग्रडबृद्धितर्फको परिक्षामा सहभागिता जनाएकी हुन । नवजात शिशुलाई हेर्नका लागि एक जना सहयोगी लिएर उनले परिक्षामा सहभागिता जनाई रहेको उनले बताए ।
चिसो बढेको कारण बाक्लो कपडा ओढेर बोहराले परिक्षा दिई रहेकी छन् सुत्केरी परिक्षार्थी अस्पतालबाट डिस्चार्ज समेत नभएको र परिक्षा पछि सिधै अस्पताल ल्याईने स्वास्थ्कर्मी सर्मिला गिरीले बताईन । सुत्केरीको हातमा क्यानुला समेत निकालिएको छैन ।























