सि.टा. समाचारदाता
हुम्ला । नेकपा एमाले जिल्ला कमिटी हुम्लाले चैत २८ गते गाउँपालिकातरमा बिरोध प्रर्दशनी गर्ने भएको छ । गत चैत १४ गते पुर्वप्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओली र पुर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारी बिरुद्ध एमाले हुम्लाले उक्त बिरोध प्रर्दशनी गर्न लागेको हो ।
बुधबार सिमकोटमा बसेको एमाले जिल्लास्तरीय भेलाले चैत २८ गते सात वटै गाउँपालिकामा बिरोध प्रर्दशन गर्ने र २०८३ सालको वैशाख ३ गते केन्द्रस्तर र प्रदेशस्तरमा हुने जनसभामा जिल्लास्तका नेताहरुले पनि सहभागीता गराउने निर्णय भएको एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहले बताए ।
गाउँपालिका स्तरमा हुने बिरोध प्रर्दशनीमा बढी भन्दा बढी नेता तथा कार्यकर्ताहरु उतारिने उनले बताए । बैठकमा एमाले कर्णाली प्रदेश कमिटी सदस्य नवराज महातारा, जसु परियार, डवल रावत, जिल्ला कमिटी सचित तिर्थराज बोहरा, उपसचिव प्रदिप लामा, जिल्ला कमिटी सदस्य पुर्ण रावल, जनक फाडेरा, दिनेस रावत, बिष्णु रोकाया,प्रतिमा लामाल लगाएको उपस्थिती रहेको थियाे ।























