सि.टा. समाचारदाता
सिमकोट । आगामी आथिृक वर्षका लागि जिल्लाबाट सिफारिस हुने योजनाहरुको प्राथमिकीकरण गर्ने बैठकमा भाग लिन कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही हुम्ला आउने भएका छन । कर्णाली प्रदेश सकरकारका सवै मन्त्रालयहरुका लागि जिल्लाबाट सिफारिस हुने योजनाहरु छनौटका लागि जिल्लामा बैठक वस्नु पर्ने भएपनि उनी हुम्ला आउने भएका हुन ।
पुर्वमुख्यमन्त्री शाही बुधबार नेपालगंजबाट हुम्ला आउने कार्यक्रम रहेको भएपनि अराव मौसमको कारण आउन सनेका थिएनन । बिहबिार बिहान उनको टोली नेपालगंजबाट बाजुराको कोल्टीमा नेपाल एयरलाईन्सको जहाजबाट आई पुगेको र बिहीबारै पैदल मार्गबाट उनी सिमकोट आई पुग्ने कार्यक्रम रहेको छ ।
प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित पुर्वमुख्यमन्त्री जेष्ठ सदस्य पनि रहेका छन । उनको संयोजकत्व जिल्लामा बैठक बस्ने र प्रदेश सरकार अन्र्तगतका सवै कार्यालयहरुमा आएका मागहरु माथि छलफल गरे आयोजना वैंकका लागि सिफारिस हुनेछन् । पुर्वमुख्यमन्त्री सिमकोट आई सकेपनि संभवता शुत्रकारबाट बैठक वस्ने तयारी गरिएको छ ।
कर्णाली प्रदेश सरकार अन्र्तगत जिल्लास्थित योजना छनौट समितिको बैठक वस्नेछ । उनको टोलीका कर्णाली प्रदेश सरकार जलश्रोत तथा उर्जा बिकास मन्त्री वीजय बुढा पनि आउदै छन् ।























