रोटरी क्लव अफ भादगाउँद्धारा दुई सय थान ट्राकसुट सहयोग

फोटो क्याप्सन न्यानो कपडा ट्रयाकसुट पाएपछि मान्धारा माविका बिधार्थीहरु । तस्बिर ः सिटा

लोग भण्डारी

सिमकोट । रोटरी क्लव अफ भादगाउँले हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका– ५ को मान्धारा माविका बिधार्थीहरुलाई ट्रयाकसुट सहयोग गरेको छ । यसअघि पनि बिभिन्न जिल्लाका दुर्गमका विद्यालयमा अध्ययन गर्ने बिधार्थीहरुलाई सहयोग गर्दै आएको सो रोटरीले यसवर्ष पनि उक्त विद्यालयका बिधार्थीहरुलाई कपडा सहयोग गरेको हो ।

ठुलो हृदयका साथ रोटरी क्लव अफ भादगाउँले यसवर्ष मान्धारा माविमा अध्ययन गर्ने बिधार्थीहरुका लागि दुई सय थान ट्रयाकसुट सहयोग गरेको उक्त वडाका वडा अध्यक्ष एवं विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरतजंग शाहीले बताए । यसले बिधार्थीहरुलाई चिसोमा न्यानो राख्न र पठनपाठनमा सहयोग पुग्ने उनले बताए ।

ट्रयाकसुट सहयोग पाएपछि विद्यालयमा शुक्रबार एक कार्यक्रमको आयोजना गरिबिर्धाीहरुलाई बितरण गरिएको छ । यसमा विद्यालयमा अध्ययनरत ९७ जना छात्रा र ८९ जना छात्र गरि १८६ जनालाई बितरण गरिएको हो । वडा अध्यक्ष शाहीको पहलमा रोटरी क्लव अफ भादगाउँका अध्यक्ष सुमन कोइरालाले सो सहयोग गरेका हुन । उक्त रोटरीले गतवर्ष पनि सो विद्यालयमा सहयोग गरेको थियो ।