योजना छनौट जिल्ला स्तरीय समितिको बैठक जारी

फोटो क्याप्सन बैठकका सहभागीहरु । तस्विर : सि.टा 

सिमकोट समाचारदाता

हुम्ला । हिमाली जिल्ला हुम्ला हुम्लाबाट कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि तर्जुमा गर्ने योजनाहरु सेवाग्राहीबाट पेश भएपछि त्यसलाई आवश्यकताका आधारमा छनौट गर्ने कार्य जारी रहेको छ । शनिबारबाट सुरु भएको आव २०८३।०८४ का लागि बिनियोजिता भौतिक निर्माण योजनाहरु छनौट जिल्ला स्तरीय योजना तर्जुमा समितिको बैठक आईतबार पनि जारी रहेको हो ।

सेवाग्राहीहरुबाट योजनाको माग धेरै आएको कारण अति आवश्यक र सामुहिक समस्या समाधा गर्ने खालका योजनाहरु प्रदेश सरकारले योजना तर्जुका लागि सिफारिस गर्न महत्व दिने गरि छनौट कार्य भई रहेको जानकारी प्राप्त भएको छ । आईतबार सामाजिक बिकास कार्यालय, कृषि बिकास कार्यालय र पशु अस्पताल तथा पशु सेवा कार्यालयमा पेश भएका मागहरु माथि समितिको बैठकमा छलफल भएर सिफारिस गर्ने र त्यसको अन्तिम कार्य टुङ्गो लाग्न भने बाँकी रहेको छ ।

आईबातर बिहानैबाट खानेपानी, जलश्रोत तथा उर्जा बिकास कार्यालयमा पेश भएको माग माथि छलफल जारी रहेको छ । सो कार्यक्रममा एक हजार चार सय वटा मागहरु पेश भएको कारण त्यसमाथि छलफल जारी रहेको हो । त्यसैगरि डिभिजन बन कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमा पेश भएका मागहरु माथि पनि आईतबार अवेरसम्म भएपनि छलफल हुने भएको छ ।

समितिमा कर्णाली प्रदेश सभामा प्रत्यक्षतर्फ प्रतिनिधित्व गर्ने जेष्ठ सदस्य संयोजक रहने ब्यवस्था छ । त्यस अनुसार पुर्वमुख्यमन्त्री एवं कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसको संसदीय दलको नेता जीवनबहादुर शाहीको संयोजकत्वमा समितिको वैठक वसी रहेको हो । त्यसमा कर्णाली प्रदेश सभामा हुम्ला जिल्लाबाट प्रतिनिधि गर्ने सदस्यहरुमा जलश्रोत तथा उर्जा बिकास मन्त्री विजया बोहरा, रणसिंह परियार र कलबहादुर हमालको रुपमा सहभागी रहेका छन् ।

त्यसैगरि समन्वय समितिका प्रमुख शिबराज शर्मा, उपप्रमुख दलु फडेरा, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु पनि सदस्य रहने र उनीहरु मध्य सिमकोटमा उपस्थित भएकोहरुको बैठकमा सहभागिता रहेको छ । सदस्य सचिवका रुपमा सम्वन्धि कार्यालयका प्रमुखहरु उपस्थित भएका छन् । बैठक आईताबार अवेरसम्म सञ्चालन गरेर भएपछि सम्पन्न गर्ने तयारी गरिएको छ ।