सिमकोट हिल्सा सडकको लाग्ना खण्डको सडक सुचारु

सिमकोट माचारदाता
सिमकोट । सिमकोट हिल्सा सडकको लाग्ना खण्डमा सिमकोट गाउँपालिका– ७ को डाँडाफयाँका स्थानीयद्धारा अबरुद्ध गरिएको सडक सुचारु भएको छ । स्थानीय बासिन्दा र निर्माण ब्यवसायीबिच सहमति भएपछि अबरुद्ध भएको सडक सुचारु भएको हो ।

सडक अबरुद्ध भएको चार दिनपछि सहमति हुँदा अवरुद्ध भएको सडक सुचारु भएको प्रहरी नायव उपरिक्षक शंक खड्काले बताए । सडक सोमबार बेलुकाबाट सुचारु भएको हो । सो क्षेत्रको सडक निर्माणका क्रममा चट्टान बिष्फोट गर्दा खसेका ढुङ्गाले सामुदायीक बनमा क्षेती पुर्याएको भन्दै स्थानीयले सडक अबरुद्ध गरेका थिए ।

सिमकोट हिल्सा सडकको सिमकोटबाट हेक्पा खोलासम्म सडक निर्माणका क्रममा लाग्नामा चट्टानी भीरमा विष्फोट गर्ने क्रममा खसेका ढुङ्गाले सडक तलको सामुदायीक बनका सल्लाका रुखहरु भाँचेको भन्दै स्थानीय सडक अवरुद्ध पारेको हुन । निर्माण कम्पनी गौरी गणेश तिर्थ एण्ड राज्य रिजन जेभीका प्रतिनिधि इन्द्र लामाले चट्टान भत्काएको गोरेट बाटो निर्माण गर्ने सहमति भएपछि सडक खुलेको बताए । सुडक सचारु संगै दुईतर्फी यातायातका साधनहरु सुचारु भएका छन् ।