नाम्खा गाउँपालिकाका चार सय जनाले पाए सीमा पास

फोटो क्याप्सन नाम्खा गाउँवासीलाई बस्तीबस्तीमा पुगेर सीमापास बितरण गर्दै सहायक प्रमुख जिल्ला अधिकारी चन्द ।

सि.टा. समाचारदाता
सिमकोट ।      ललउत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाका स्थानीयहरु गाउँगाउँ मै सीमापास पाएका छन् । स्थानीयको समस्यालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालयले सीमापास बितरण गर्न टोली गाउँगाउँमा पठाएपछि सेवाग्राहीहरुले आफ्नो गाउँठाउँमा सो सेवा पाएका हुन ।

एकदेखि डेढ दिनसम्म लाग्ने नाम्खा गाउँपालिकाका स्थानीयहरुका लागि वस्तीवस्तीमा पुगेर चीनको ताक्लाकोट जाने सीमापास बितरण गर्ने कार्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले बताए ।

उक्त गाउँपालिकाका अधिकाँस बेरोजगार युवयुवतीहरु यतिबेला चीनको ताक्लाकोट काम तथा ब्यापारका लागि जाने गर्छन । त्यही भएर स्थानीयको आर्थिक ब्यहभार कम गर्नका लागि प्रजिअ टेक कुमार रेग्मीको पहलमा तीन दिने सीमा पास बितरण सम्वन्धि शिबिर सञ्चालन गरिएको हो ।

तीन दिने शिबिरमा दुई दिन सहायक प्रमुख जिल्ला अधिकारी चन्दले सीमापास बितरण गरेका थिए भने एक दिन प्रमुख जिल्ला अधिकारी रेग्मीले बितरण गरेका थिए । यसबाट चार सय जना सेवाग्राही लावान्भित भएका छन् ।

कुल सीमापास बितरण गरिएका नाम्खा गाउँपालिकाका सेवाग्राहीहरुमा ५८ जनाले नयाँ सीमापालिएका छन भने ३४२ जनाले सो पास नविकरण गरिएको थियो । मध्य एक जना ८९ वर्षकी महिलाले पनि आफ्नो सीमापास लिनु भएको हो । नाम्खा गाउँपालिका तीन वटा वडाका चार वटा बस्तीमा उक्त पास बितरण गरिएको हो ।

ती वस्तीहरुमा नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङ, मुचु, यारी र हिल्सा रहेका छन् । जम्मा सीमापास बिरण गरिएका मध्य चालीस जना चीनको ताक्लाकोटमा काम गर्दै आएका हुम्लावासी रहेका छन् ।

 

यो शिबिरबाट एक जना सेवाग्राहीको बाह्रदेखि चौध हजार रुपियाँ आर्थिक रुपमा बचत भएको छ। गाउँगाउँबाट सीमापास बनाउन सदरमुकाम आउजाउ, बसाई खर्च सो रकम लाग्ने गथ्र्यो । हरेक वर्ष गर्न उहाँले सुझाव दिनुभयो ।