लिमीटेडद्धारा छ वटा गाउँपालिकामा ढुवानी अनुदानको नुन बितरण

सि.टा. समाचारादाता
हुम्ला ।       नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनले जिल्लाका छ वटा गाउँपालिकामा नुन बिक्री वितरण गरेको छ । तीनदेखि एक वर्षपछि ती गाउँपालिकाका स्थानीयलाई नेपाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमीटेडले ढुवानी अनुदानको नुन बितरण गरेको हो ।
आफ्नो प्रत्यक्ष उपस्थितीमा स्थानीय बासिन्दालाई घरदैलो मै पुगेर छ वटा गाउँपालिकाका घरघरमा नुन बिक्री वितरण गरिएको नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको हुम्ला शाखाका प्रमुख राजबहादुर लामाले बताए ।

ती गाउँपालिकाका सर्वसाधारणहरुलाई तीनदेखि एक वर्षपछि सो नून बिक्री बितरण गरिएको हो ।

उनका अनुसार हालसम्म यसवर्ष चङ्खेली गाउँपालिकामा ४७० क्विन्टल, सर्केगाड गाउँपालिकामा छ सय क्विन्टल, नाम्खा गाउँपालिकामा ६३० क्विन्टल नुन बित्री वितरण गरिएको छ ।

त्यसैगरि जिल्लामा झण्डै छ महिनापछि नुन आपूर्ति भएपछि सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका स्थानीयलाई साल्ट ट्रेडिङ कर्पोरेशनको शाखा कार्यालयबाट एक हजार ७९८ दशमलव पचास क्वीन्टल नुन बिक्री बितरण गरिएको हो । यता ताँजाकोट गाउँपालिकालाई ४३१ क्वीनटल नुन वितरण गरिएको छ ।

ती नुन बिक्री गरिएका गाउँपालिकाका स्थानीयलाई पच्चीसदेखि पचास केजीसम्म बिक्री गरिएको र त्यो जनसंङ्ख्याको आधारमा बितरण गरिएको हो ।

त्यसैगरि अब नुन नपाउने अदानचुली गाउँपालिकाका स्थानीय रहेको र सो गाउँपालिकामा पनि ढुवानीको जिम्मा पाएको सप्लायर्सले आधा नुन गाउँपालिका केन्द्रमा ढुवानी गरि सकेको र सवै नुन ढुवानी भई सकेपछि आफु सो गाउँपालिका पुगेर बिक्री गर्ने उनको भनाई छ ।

हुम्ला जिल्लाका स्थानीयले लिमीटेडको ढुवानी अनुदानको उक्त नुन प्रतिकेजी नौ रुपियाँमा खरिद गर्दै आउनु भएको छ । अव आगामी आर्थिक वर्ष २०८३/८४ का लागि छ. हजार १३० क्विन्टल माग गरिएको छ ।
फोटो क्याप्सन

ताँजाकोट गाउँपालिकाका स्थानीयलाई बिक्री केन्द्रबाट नूुन बितरण गरिदै ।
तस्बिर ः सि.टा.