खुलालु सलीसल्ला र सलीसल्ला हिल्सा सडक आयोजनाको श्रोत सुनिश्चित गर्न सिफारिस

फोटो क्याप्सन : कवाडी सलीसल्ला सडक खण्डको कच्ची सडक । तस्बिर :सि.टा

सि.टा. समाचारदाता
सिमकोट ।            राष्ट्रिय योजना आयोगले कर्णाली करिडोर अन्र्तगत दुई वटा सडक आयोजनाको बहुवर्षीय स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गरेको छ ।यी दुवै सडक आयोजनाका लागि जिल्लाबाट आवश्यक कागजात आयोगमा गएको भएपनि यतिबेला बल्ल योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको हो ।

आयोगको केही दिन अगाडी वसेको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका खुलालु–सल्लिसल्ला सडक र सोअन्तर्गतका छ वटा पुल, कर्णाली कोरिडोरको उत्तर खण्ड (हिल्सा–सिमकोट) सडकका लागि स्रोत सहमतिका लागि सिफारिस गरेको हो ।

अव अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगको सिफारिस अनुसार बहुवर्षीय योजनाका लागि श्रोतको सुनिश्चितता गरे निर्माण कार्य अगाडी बढ्ने हिल्सा सिमकोट सडक योजनाका प्रमुख बेल बहादुर नेपालीले बताए । हाल ती दुवै सडक आयोजना कच्ची रहेका छन् । सडकको ट्रयाक खुलाउने कार्य भएर यातायातका साधनहरु सञ्चालनमा आएको भएपनि निक्कै सास्ती खेप्नु पर्छ ।

अर्थ मन्त्रालयले श्रोत सुनिश्चितता गर्ने बित्तिक्कै यसको स्तरोन्नतीका लागि टेण्डर आव्हान हुने छ । त्यसपछि सडक चौढा गर्ने, ग्याविक लगाउने, नाला निर्माण गर्ने र कालोपत्रे कार्य पनि हुनेछ ।