सि.टा.समाचारदाता
सिमकोट । जिल्लाका बिभिन्न भागहरुमा जिल्ला प्रहरी कार्यालय र मताहतका प्रहरी चौकीहरुले बरामद गरेको सात महिनापछि चिनीयाँ मदिरा नष्ट गर्ने कार्य भएको छ । अबैध रुपमा जिल्लामा भित्रिएको सो मदिरा अन्य बिकल्प नभएपछि प्रहरी सरोकारवाला पक्षको रोहवरमा जिल्ला प्रहरी कार्यालयका हातामा नष्ट गरेको हो ।
बाईस लाख अठ्सट्टी हजार मुल्य बरावरको अवैध चिनीयाँ मदिरा सरोकारवाला पक्षको रोहवरमा नष्ट गर्ने कार्य पुरा भएको प्रहरीले जनाएको छ ।
उक्त बरामद भएको मदिरा गतवर्ष कातिक ११ गते नाम्खा गाउँपालिका– २ को ढाँडकेर्मीमा ३५१ कार्टुन भएको थियो भने कातिक २२ गते जिल्लाका अन्य भागमा बेवारिसे अवस्थामा २७ कार्टुन बरामद भएको थियो । दुई पटक गरि कुल जम्मा ३७८ कार्टुन चिनीयाँ मदिरा बरामद भएको लामो समयपछि मंगलबार नष्ट गर्ने कार्य भएको होे ।
सो मदिरा एउटा कार्टुनमा बाह्र बोटल रहेको हुन्छ । यसबाट चार हजार ५३६ बोटल चिनीया मदिरा बरामद भएको थियो । एक बोटल चिनीया मदिराको बजार मुल्य प्रत बोटल पाँच सय रुपियाँमा लुकिछिपी बिक्री बितरण गर्ने गरिन्छ ।
नष्ट गर्ने प्रकृया मिलाउदा यति धेरै समय लागेको हो । यो अवधिमा उक्त मदिरा जिल्ला प्रहरी कार्यालयको हातामा राखिएको थियो । सो मदिरा एउटा कार्टुनमा बाह्र बोटल रहेको हुन्छ ।
बेवारिसे अवस्थामा लुकाई राखिएको प्रहरीले यसका धनीलाई भने समात्न प्रहरी असफल भएको थियो । हरेक वर्ष नाम्खा गाउँपालिकाको हिल्सा नाका र चङ्खेली गाउँपालिका– ५ को टाँके नाकाबाट अवैध रुपमा भित्रिने चिनीयाँ मदिरा बरामद हुने गर्दै आएको छ ।
हरेक वर्ष बीस करोड बढीको चिनीयाँ महिदा हुम्ला जिल्लामा भित्रिने गर्दै आएको छ । यसवर्ष हिल्सा नाकाबाट भने सो मदिरा आयात हुन नदिने नेपाल र चिनीयाँ सुरक्षाकर्मीबिच एक सहमति भएको छ ।
























