सेवानिवृत्त कर्मचारीले असार २५ गतेसम्म भुक्तानी पाउने

सि.टा. समाचारदाता
सिमकोट ।        महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार २५ गतेसम्म सुविधाबापतको रकम निकासा गरी भुक्तानी गर्नरगराउनका लागि सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ ।

महालेखा नियन्त्रक कार्यालयले पत्राचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधामध्ये उपदान, सञ्चित बिदा र औषधीउपचार बापत पाउने रकम भुक्तानी गर्नु÷गराउनुहुन अनुरोध गरिएको जनाएको हो ।

कार्यालयको यही असार १९ गतेको निर्णयअनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम ९२० बमोजिम भुक्तानी निकासा गर्नरगराउन अख्तियारीको अवधि थप गरिएको छ ।

यसअघि कार्यालयले असार २० गतेसम्म मात्रै भुक्तानी तथा निकासा गर्ने भने पनि केही समयको लागि अवधि बढाइएको जनाएको छ ।