अबरुद्ध हवाई सेवा सुचारु

हवाई सेवा सुचारु भएपछि सिमकोट बिमानस्थलमा ल्याण्ड भएको जहाज ।
सि.टा समाचारदाता
हिमाली जिल्ला हुम्लामा दुई दिनदेखि हवाई सेवा अबरुद्ध हुँदै आएको हवाई सेवा सुचारु भएको छ । शनिवार बिहान बाटै मौसममा सुधार आएको कारण हवाई सेवा सुचारु भएको हो । बिहीबारबाट अबरुद्ध भएको हुम्लाको हवाई सेवा सुचारु भएको समिट एयर सिमकोटका इन्चार्ज गोविन्द लामाले बताए ।हवाई सेवा सुचारु भएपछि सिमकोट बिमानस्थलमा ल्याण्ड भएको जहाज ।
बिहीबार र शुक्रवार बिहानैबाट जहाज नेपालगंजबाट सिमकोट उडानका लागि तयारी अवस्थामा रहेको भएपनि लगातार वर्षा भई रहेको कारण हवाई सेवा अबरुद्ध भएको थियो । शनिवार भने नेपालगंजबाट सिमकोटका लागि चार वटा उडान भएको छ । जसमा सीता एयरले दुई वटा र समिट एयरले दुई उडान भरेका छन् । हवाई सेवा सुचारु भएपछि नेपालगंजबाट सिमकोट आउने यात्रुहरु आउन पाएका छन् । भने सिमकोटबाट नेपालगंज जाने यात्रुहरुलाई पनि सहज भएको छ