सि.टा. समाचरादाता
सिमकोट । हुम्ला लगाएत हिमाली जिल्लाहरुको ग्रामीण बस्तीमा प्रदान गर्ने उपचार बिधिका अवसर र चुनौतीका बारेमा अमेरिकामा चर्चा गरिएको छ ।
बिश्वकै प्रतिष्ठित बिश्व विद्यालय ब्राउन युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा नेपालका हुम्ला लगाएतका दुर्गम जिल्लाको ग्रामीण स्वास्थ्यको बारेमा स्वास्थ्य क्षेत्रमा काम गर्ने बिश्व समुदायका प्रतिनिधि माझ कार्यपत्र मार्फत चर्चा गरिएको हो ।
स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख समेत रहनु भएका चिकीत्सक उमाकान्त तिवारीले एक दशक भन्दा बढी समय नेपालका ग्रामीण क्षेत्रका स्वास्थ्य संस्था मार्फत काम गर्दाका भोगाई, सिंकाई, अवसर, र चुनौतीहरु समेटिएको कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा काम गर्ने बिश्व समुदाय माझ चर्चा गरेका हुन ।
ग्रामीण स्वास्थ्यको जानकारी दिने बक्ताका रुपमा अनुभव आदान प्रदान गर्नुका साथै नेपालको ग्रामीण स्वास्थ्यका लागि सहयोग गर्न समेत उनले बिश्व समुदायलाई आग्रह गरे आफ्नो कार्यपत्र मार्फत चिकीत्सक तिवारीले नेपालको ग्रामीण स्वास्थ्यको अवस्थाका बारेमा अन्तराष्ट्रिय समदायलाई जानकारी दिदै सिमित साधन र श्रोतका बावजुद नेपालमा स्वास्थ्यकर्मीले प्रदान गर्ने सेवाका बारेमा अनुभव लिन पनि उनले आग्रह समेत गरे ।
चिकीतसक तिवारीको कार्यपत्रलाई उत्कृष्ट रहेको बताउदै सो बिश्व विद्यालयका इमरजेन्सी बिभाग प्रमुख चिकीत्सक एडमले बिश्व विद्यालय नेपालको ग्रामीण स्वास्थ्यमा सहयोग गर्न तत्पर रहेको जानकारी गराउनु भएको चिकीत्सक तिवारीले बताए ।
यसबाट केही आशा पनि पलाएको बताउदै उहाँले नेपालका स्वास्थ्यकर्मी पनि आफ्नो परिस्थिती अनुसार काम गर्न क्षेमतावान जनशक्ति भएको बिश्वलाई चिनाउन सहयोग पुगेको बताउनुभयो ।
अर्को कुरा नेपाली स्वास्थ्यकर्मीलाई ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्न चुनौती रहेको भएपनि नेपालका अति दुर्गम क्षेत्रमा सेवा दिने जनशक्तिको अनुभव सार्वजनिक हुनुले सकरात्मक सन्देश दिएको भनाई उनकोछ ।
यो अनुभुव आदान प्रदान गर्नका लागि उक्त बिश्व विद्यालयले आव्हान गरेको फेलोसिपमा हुम्लाका चिकीत्सकका रुपमा तिवारी छनौट हुनु भएको थियो ।
त्यसैले सो कार्यक्रमका लागि विश्व विद्यालयले उनलाई बोलाएको हो । हाल अमेरिकामा रहनु भएका तिवारीले दुई हप्ता उक्त बिश्व विद्यालयले प्रदान गर्ने सेवाको अवलोकन र सेवा प्रदान कार्यमा समेत सहभागी भएका थिए । ।
























