सि.टा. समाचारदाता
सिमकोट । पाँच वर्ष अगाडी माथिबाट पहिरो आएर पावर हाउस भत्किएको अदानचुली गाउँपालिका– २ र २ को मछ्याईनी लघुजलबिधुत योजनाको मर्मत कार्य हालसम्म हुन नसक्दा उपभोक्ता बिधुत सेवाबाट बञ्चित हुँदै आउनु भएको छ ।
ती वडाका दुई गाउँ थाई र मकैका स्थानीय बिधुत आपुर्ती गर्नका लागि निर्माण गरिएको सो योजना सञ्चालनमा आएको चार वर्ष मै पहिरोले पावर हाउसमा क्षेती पुगेर हालसम्म मर्मत गरि प्रयोगमा ल्याउन नसकेपछि उपभोक्ता बिधुतबाट बञ्चित हुनु परेको हो ।
उक्त बिधुत योजना पहिरोले भत्काएर बिधुत आपुर्ती बन्द भएपछि हुने खानेहरु सोलार बालेर घरमा उज्यालो गरि रहेको र हुँदा खानेहरु भने सल्लाको दियालो बालेर बेलुका घरमा उज्यालो गरि रहेको मकै गाउँकी स्थानीय दुम्ची पलातीले बताईन ।
सहयोगी हातहरुको सहयोग चार वर्ष लगातार बत्ती बाल्न पाएपनि पावर हाउसमा क्षेती पुगेको वर्षबाट बिधुत सेवाबाट बञ्चित भई रहेको भनाई उनको छ । घरमा बत्ती बालेको सम्झदा हाल सपना जस्तो लाग्ने भई सकेको बताउदै उनले त्यसलाई सञ्चालनमा ल्याउने उपाय अपनाउन आग्रह गरिन ।
२०७७ सालमा माथिबाट आएको पहिरोले उक्त लघुजलविधुत योजनाको पावर हाउसलाई क्षेती पुर्याएपछि अबरुद्ध भएको बिधुत सेवा सो को मर्मत नगरिदा दुई गाउँका स्थानीय बिधुत सेवाबाट बञ्चित हुनु परेको स्थानीय हरि बुढाले बताए । पावर हाउस भत्किएर काम नगाल्ने भएको, पोल ढलेर तार छरपष्ट रुपमा खसेका छन ।
यता मेशिन भने राम्रो अवस्था रहेको भएपनि अन्य संरचनाको मर्मत कार्य हुन नसक्दा बिधुत सेवाबाट उपभोक्ता बञ्चित हुनु परेको उनले बताए । यसबाट दुई गाउँका २५० घरधुरी बिधुत सेवाबाट बन्चित हुनु परेको छ ।
२०७० सालमा नविकरण बैकल्पिक उर्जा र तत्कालीन जिल्ला बिकास समितिको लगानीमा निर्माण भएर २०७३ सालबाट उक्त बिधुत सञ्चालनमा आएको थियो ।
सो लघुबिधुत योजना चालीस किलोवाटको हो । मेशिनको अवस्था राम्रै भएकोले गाउँपालिकालाई पावर हाउस लगाएतका संरचनाको मर्मतका लागि पटक पटक आग्रह गर्दा पनि कुनै सुनुवाई हुन नसकेको उहाँको गुनासो छ । स्थानीय उपभोक्ता समितिबाट लघुजलबिधुत योजनाको निर्माण गरिएको थियो ।




















